gulminews logo
बुधबार, २०८१ बैशाख १९

एनआरएनए पश्चिम अस्ट्रेलिया राज्य समन्वय समितिको सह-सचिबमा हरी भण्डारीको उम्मेदवारी

सन्जु काउछा
मे २३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अर्को महिना हुने निर्वाचनका लागि गुल्मीका हरी भण्डारीले सह-सचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीवार दिउँसो आफ्नो फेसबुक पेज मार्फत भण्डारीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । गुल्मी चन्द्रकोट वार्ड नं ७ साविकको रुपाकोट गाविस तल्लो दमुका स्थाई घर भई बिगत १ दशक भन्दा बढी समय देखी अस्ट्रेलियाको पर्थमा बस्दै आएका भण्डारी पश्चिम अस्ट्रेलियाका नेपाली सामाजिक गतिविधीहरुमा सक्रिय रहंदै आएका छन् ।

आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भण्डारीले भनेका छन्, “मेरो लागी नेपाल पछिको अर्को घर वा कर्मथलो पर्थसँग गासिएको नेपाली समुदाय मेरो परिवार हो, यही जुलाई ६ मा हुनलागेको चुनावमा मेरो उमेदवारीले मेरो सिंगो परिवारको मन जित्ने कुरामा बिस्वस्त छु ।”

एनआरएनए पश्चिम-अस्ट्रेलियाका प्राय:जसो गतिबिधिमा सकृय रहने भण्डारीले फेसबुक मार्फत भनेका छन्, “नेपाल फेस्टिबलहरु २०१३-२०१५ र २०१७-२०१९ लाई सफल बनाउनमा मैले देखाएको सक्रियता र विभिन्न समयमा प्रत्यक्ष वा परोक्ष रूपमा काम गरेको यहाँ रहने नेपाली समुदाय जानकार नै छ, मेरा यिनै अनुभवहरुलाइ अझ प्रभावकारी ढङ्गले नेपाल र नेपाली समुदायकै हितमा लगाउन मैले उम्मेदवारी सार्वजनिक गरेको हुँँ ।”

आफ्नो पर्थको लामो बसाईले उनी नेपाली समुदायलाई राम्रोसँग चिन्ने मौका पाएको बताउँछन् । “यहाँ भएका हरेक साँस्कृतिक र समुदायिक कार्यहरुमा आर्थिक वा भावनात्मक सम्बध स्थापित गर्ने मौका पाएँ”, गुल्मीन्युज डट कमसँगको कुराकानीमा उनले भने, “यहि मेरो भावनात्मक सम्बन्धको गरिमाले मलाई विभिन्न समयमा आफुले भ्याए सम्म नेपाली समुदायलाई सहयोग गर्न उत्प्रेरित गररिरह्यो ।” यसरी समाजमा यस्तै काम गर्दै अझ प्रभावकारी रूपमा आफुलाइ समाजको हितमा लगाउन प्रण गर्दै आउदै गरेको NRNA-WA को चुनावमा “सह-सचीव” पदमा आफुलाइ उभ्याउन गईरहेको कुरा पर्थ र सिंगो पश्चिम-अस्ट्रेलियाका नेपाली समुदाय माझ अवगत गराउन पाउँदा आफुलाई गौरव महसुस भएको पनि भण्डारीले बताए ।

उम्मेदवारी घोषणासँगै भण्डारीले आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धताहरु पनि सार्वजनिक गरेका छन् ।

दशौं लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एक मात्र नेपाली संस्थाका रुपमा गैरआवासीय नेपाली संघसंगको आबद्धता महत्वपुर्ण रहने उनको भनाइ थियो ।

गैरआवासीय नेपाली संघको विगतको समिक्षा गर्दै प्रवासमा क्रियाशिल विभिन्न पेशा, वर्ग र सुमदायका संघसंस्थाको समन्वय र सहकार्यलाई भावी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा आफुले जोड दिने पनि उनले बताएका छन् ।

नेपालमा छँदा स्कुले जीवन देखी नै पढाईमा अब्बल रहेका भण्डारी अतिरिक्त कृयाकलापमा पनि उत्कृष्ट मानिन्थे । सानै देखी बाल क्लब, युवा क्लब लगायत बिभिन्न सामाजिक संघसंस्थासँग जोडीएर थुप्रै सामाजिक गतिविधिहरुमा सकृय रहिरहन रुचाउने भण्डारीले अस्ट्रेलिया पुगेर पनि यसलाई निरन्तरता दिईरहेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D