Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
इन्स्योरेन्स कम्पनीद्धारा पराल्मीका विक परिवारलाई मृत्यु दावी भुक्तानी - Gulminews

इन्स्योरेन्स कम्पनीद्धारा पराल्मीका विक परिवारलाई मृत्यु दावी भुक्तानी

गुल्मी, १६ माघ
सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नं. १४ का लोक बहादुर विकको परिवारलाई एक लाख १२ हजार नौ सय रुपैयाँ हस्तान्तरण गरेको छ । विमांक एक लाख र आर्जित बोनस वापतको रकम बाह्र हजार नौ सय मृत्यु दावी भुक्तानी गरेको हो ।

लोक बहादुरले सन नेपाल लाईफ गुल्मी शाखामा दुई वर्ष अघि एक लाख विमांकको नवीन आजीवन बीमा पोलिसी गरेका थिए । केहि समय अघि कृषि कर्म गर्दै आइरहेका विकको घरमै अचानक मृत्यु भयो । कम्पनीले उक्त रकम बरावरको चेक विमित स्वर्गीय लोक बहादुर विकको श्रीमती सावित्रा विकलाई एक घरमै पुगेर प्रदान गरेको शाखा प्रबन्धक सन्तोष कुवंर क्षेत्रीले जानकारी दिए ।

सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ सालमा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको क्षेत्रमा सेवा उपलब्ध गराउँदै आएको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ सुरुदेखि नै प्रतिबद्ध रहेको क्षेत्रीले बताए । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
मृत्यु दावि भुक्तानीको लागि घरमै पुगेको कम्पनीको टोलीलाई वडा सदस्य भविश्वर गौतमले सहज तरिकाबाट विमितलाई मृत्यु दावी भुक्तानी दिएको भन्दै प्रसंसा गरे ।

प्रबन्धक क्षेत्रीले आम नागरिकले जीवन बीमाको महत्व समयमानै बुझेर जीवन बीमा गराएमा बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५÷२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव दिए । केहि समय अघि कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं. ३ का धन बहादुर झाँक्रीको परिवारलाई विमांक १० लाख, किरिया र अन्य खर्च वापतको एक लाख गरेर ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको थियो । झाँक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत थिए । उनको गत बैशाखमा घर आएको बेला (ऋबचमष्य–एगmियलबचथ बचचभकत) बाट मृत्यु भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D