Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
आर्थिक अभावमा गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द, सन्चालन गर्न मासिक ४० लाख आवश्यक - Gulminews

आर्थिक अभावमा गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द, सन्चालन गर्न मासिक ४० लाख आवश्यक

हुमाकान्त पोखरेल
गुल्मी, १५ माघ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला संचालनका लागि रकम अभाव भएपछि विगत चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।

कोरोना माहामारीको सुरुको चरणमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला संचालन गरेका थिए । तर खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । ०७७ असौज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक बर्ष मात्रै चल्न सक्यो । उक्त अवधिमा ७१ लाख खर्च भएको छ ।

जसमा संघीय सरकारले १५ तथा जिल्लाका स्थानीय तहले ५६ लाख प्रदान गरेका थिए । प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा एक करोड ९७ हजार २५४ खर्च भएको छ । प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर परिक्षण गरिएको छैन । अहिले कोभिडका सम्भावित बिरामीहरुलाई जिल्ला अस्पतालमै एन्टिजेन्ट परीक्षण गरिएको छ ।

डाक्टर पच्याका अनुसार मासिक ४० लाख जुटाउन सके प्रयोगशाला नियमित प्रयोगमा ल्याउन सकिन्छ । प्रयोगशालाबाट दैनिक एक सय जनासम्मको स्वाब परीक्षण गर्न सकिन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D