gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

अस्ट्रेलियाको मेलर्बनमा देउसी भैलो खेल्दै गुल्मी समाज भिक्टोरिया

कौरव खत्री
गुल्मी, १३ कार्तिक । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले शुभ दिपावलीको अवसरमा देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने भएको छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आउँदो सोमबार अर्थात नोभेम्बर १ तारिकमा एक दिने देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

देउँसी भैलो कार्यक्रममा हाल अष्ट्रेलियाका विभिन्न स्थानहरुमा पेसा, व्यवसाय र रोजगारी गदै आउनु भएका नेपालीहरुको सहभागिता हुने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

विशेष गरि देउँसी भैलो कार्यक्रमले नेपालको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनमा सहयोग पु¥याउनुका साथै नँया पुस्तालाई कला संस्कृति सिको गर्न थप बल पुग्ने र नेपालीहरु एक आपसमा आपसी सद्भाव कायम राख्ने,तिहार पर्वको रमाइलो र दुःख सुख साटासाट गर्न थप बल पुग्ने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

साथै अध्यक्ष भट्टराईले भन्नुभयो, देउँसी भैलो कार्यक्रममा कोभिड १९ को सक्रंमणबाट बच्न र बचाउन खोप लगाउनु पर्ने कुराहरु देउँसी भैलोको गित मार्फत स्वास्थ्यसँग सम्वन्धित सन्देशमुलक देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

देउँसी भैलो कार्यक्रम अष्ट्रेलियाको मेलवर्नको पालम्स रेष्टुरेण्डमा सञ्चालन हुने जनाइएको छ । देउँसी भैलो कार्यक्रममा कलाकारहरु दिपक सापकोटा, लक्षमण सापकोटा, टंक कंडेल, हरि खरेल, लाल सिँह, दोर्ण केसी, रक्षा भण्डारी, सुवास घिमिरे लगायतको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका साँस्कृतिक कलाकारहरुको टोलीद्धारा देउँसी भैलो प्रस्तुती रहने जनाएइको छ ।

त्सस्तै देउँसी भैलो कार्यक्रमलाई इ–नेपालका मनोज पौडेल र इलाइट इभेन्टले सहयोग पु¥याउनु भएको कार्यक्रम नेपाली समय अनुसार बिहान पौनी ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने जनाएइको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D