gulminews logo
बिहीबार, २०८१ बैशाख १३

अस्ट्रियाको भियनामा नेपाली महिलाद्वारा ३ छोरीहरुको हत्या, आफै पुलिसलाई फोन गरिन्

भियना, अक्टोबर १७ । युरोपेली मुलुक अष्ट्रीयाको राजाधानी भियनामामा एक नेपाली महिलाले आफ्ना छोरीहरुलाई मारेर आफैले स्थानिय प्रहरीलाई खबर गरेकी छन् । शनिबार भियनास्थित दोनाउस्ताडमा स्थानिय समय बिहान साढे ५ बजे ३१ बर्षिया ति महिले बच्चाहरुलाई मारेर आफु पनि आत्महत्या प्रयास गरेको बारे प्रहरीको आकास्मिक नम्बरमा फोन गरेर खबर गरेको स्थानिय पत्रीका क्रोनेले समाचार छापेको छ ।

पत्रिकाको अनुसार ३१ वर्षिया नाम नखुलाईएकी ती नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ जना छोरीहरुको हत्या प्रयास गरेर पुलिसलाई खवर गरेकी हुन् । तीन बच्चा मध्ये सबै भन्दा सानो बच्चा ८ महिनाकी बलिका भएको र अरु बालिकाहरु नौं र तीन वर्षका भएको पत्रिकाले जनाएको छ ।

प्रहरी घटना स्थलमा पुग्दा एउटा बालिका जिवित नै रहेको र ती नौ वर्षकि छोरीलाई अस्पतालमा लगिएको थियो तर अस्पताल पुर्याएको झन्डै एक घण्टापछि उनको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै पत्रीकाले जनाएको छ । मृतक तिनै जनालाई कुनै चोटपटक नलागेको र निस्सासिएर मृत्‍यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ ।

घटनाको कारण अझै स्पष्ट नभएको र मृतक बच्चाहरुको बुवा पनि भियनामै रहेको तर छुट्टै बस्ने गरेको पत्रिकाले लेखेको छ । भियनामा ५ सय भन्दा धेरै नेपाली र धेरै नेपाली परिवारहरुको बसोबास छ ।

समाचार स्रोत: क्रोने पत्रिका

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D