Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई - Gulminews

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्री
गुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा भट्टराई सर्वसम्मत रुपमा चयन भएका हुन् ।

त्यस्तै अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)कार्य समितिको उपाध्यक्षद्वय सुधीर शाक्य र कुसुम पोखरेल, सचिवमा तिलक पोखरेल, कोषाध्यक्षमा अर्जुन ढकाल र सह-कोषाध्यक्षमा अनन्त पौडेल चयन भएका छन् । त्यस्तै कार्य समिति सदस्यहरुमा मनोज घिमिरे, दिपक आचार्य, भीम न्यौपाने, सुमिता मल्ल भण्डारी र ज्योती सिंखडा चयन भएका छन् ।

आइतबार अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को साधारण सभापछिको पहिलो कार्य समिति बैठकले सह-सचिवमा आत्मा रिजाल र कार्य समितिसदस्यहरुमा कल्पना बस्याल, टोनु घोठाने,नारायण ज्ञवालीलाई मनोनित गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो । गुल्मीको गुल्मी चन्द्रकोट गाँउपालिका वडा नं. ८ तुराङ स्थायी घर भई हाल अष्ट्रेलियाको मेलबर्नमा विगत पन्ध्र बर्ष देखि रोजगारीको शिलशिलमा कार्यरत रहेका भट्टराई पछिल्ला केही बर्ष यता निरन्तर सामाजिक कर्ममा सक्रिय रहँदै आइरहेका छन् ।

अध्यक्ष भट्टराईले भावी दिनमा अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)संस्थाको गर्विलो इतिहासलाई जोगाएर नेपालीको मौलिक पहिचानलाई अझ शसक्त, बलियो बनाउँदै एकताबद्ध हुने अझ सक्रिए भएर लाग्ने बताए । अष्ट्रेलियामा रहेका सबै नेपालीहरुले गर्व महसुस गर्ने खालको कर्ममा आफू निरन्तर लागि पर्ने उनले जानकारी दिए ।

साथै यस भन्दा अगाडी नेपाली सामुदायिक केन्द्र प्रालिले सन् २००८ देखि मन्दिर र सामुदायिक केन्द्र निर्माण गर्न एक सय जना व्यक्तिहरु मिलेर मेलबर्नको दक्षिण पूर्वी क्षेत्रमा सामुदायिक केन्द्र र मन्दिरका लागि कोष संकलन गरेको थियो । सन् २०१४ मा अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी) स्थापना गरि सन् २०१५ मा नेपाली सामुदायिक केन्द्र प्रालिको पचहत्तर हजार अष्ट्रेलियन डलर हस्तान्तरण गरि सदस्यता प्राप्त लिई हाल अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा आवद्ध भएर निरन्तर सामजिक सेवा विकासमा सहयोग पु¥याउदै आएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D