gulminews logo
बुधबार, २०८१ बैशाख १२

अविरल बर्षाका कारण घर बगाउँदा १८ महिने बालकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, १९ असार । गुल्मीमा अविरल बर्षाका कारण एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । गएराति करिब १ बजेबाट भएको बर्षाका कारण इस्मा गाउँपालिकामा एकजनाको मृत्यु भएको छ भने मुसिकोट नगरपालिकामा एकजना वेपत्ता भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर १ मल्दीमा एउटा घर बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजनाको जिवितै उद्धार गरिएको छ । १८ महिनाको छोरा सिरु सारुकोे पहिरोमा परेर मृत्यु भएको वडाध्यक्ष चुरा बहादुर खत्रीले जानकारी दिए । मृतक बच्चाको आमाको भने गाउँलले घटनास्थलबाट जिवितै उद्धार गरेका छन् । घाइतेलाई थप उपचार गर्न अस्पतालसम्म लैजानको लागि पहिरोले सडक अवरुद्ध भएकोले लैजान सकिएको छैन ।

मुसिकोट नगरपालिका वडा नम्बर २ दलुङ निवासी भागिरथ घिमिरे वेपत्ता भएको नगरपालिका उप–प्रमुख कमला शर्माले जानकारी दिइन् । उनको अहिले खोजिकार्य भइरहे पनि भेटिएका छैनन् । सोहि बर्षाले दुर्गा सूर्यवशींको गोठ माथिबाट आएको पहिरोले पुरिदा गोठमा भएका सबै जनावर मरेका छन् भने थप सात घर उच्च जोखिममा रहेको नगरपालिका उप–प्रमुख शर्माले बताइन् ।

प्रतिकुल मौसमका कारण घटनाबारे सबै विवरण आइसकेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयको समुह घटनास्थलतर्फ जाँदै गरेकोले प्रहरी कार्यालयमा पनि घटनाबारे बृस्तित जानकारी नभएको प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले बताए । गएराति परेको अविरल बर्षाले जिल्लाका मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका लगायत अधिकाशं ठाउँका सडक अवरुद्ध भएका छन् । गएराति परेको अविरल बर्षाका कारण जिल्लाका अन्य ठाउँमा पनि क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । तर धेरै दुर्गम बस्ती, फोनको टावरले काम नगर्ने र सडक अवरुद्ध हुँदा क्षतिको विवरण र पीडितलाई उद्धार गर्न कठिनाई भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D