gulminews logo
बुधबार, २०८१ बैशाख १२

अलपत्र तिनमुखे पुलको तिब्र गतिमा काम

अनिल खत्री
३० मंसिर, गुल्मी । निर्माण कार्यसुस्त गतिमा चल्दा अलपत्र बनेको गुल्मीको रिडीमा बन्न लागेको तिनमुखे पुलको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । निर्माण कम्पनीले सुस्त गतिमा काम गर्दा अबधी पुराहुँदा समेत पुल सम्पन्न हुन सकेको छैन् ।

तिन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा, गुल्मी, स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समयदेखि निर्माणकार्य नहुँदा सम्पन्न हुन सकेको छैन् । तर पछिल्लो केहि महिना यता भइरहेको निर्माण कार्यले अब छिट्टै पुरा हुने देखिएको छ ।

नेपालको धार्मिक प्रर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाँउपालिका, पाल्पाको रुरु धाम र स्याङ्गजाको कारीकोट जोडने पुल नेपालकै नमुना झोलुङ्गृेपुल निर्माण कम्पनीको ढिलाई हुँदा निर्माण कार्य अन्तिम चरणमा पुग्ने समयमा उल्लेख्या काम हुनसकेको थिएनन् । हाल निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिलर निर्माण कार्य लगायत अरु ५० प्रतिशत काम भएको निर्माण कम्पनीले जनाएको छ ।

पुलको ०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि ०७१ मंसिर १५ गते निर्माण कार्य सुभारम्भ भएको थियो । नेपाल सरकारको स्थानिय पूर्वाधार बिकास तथा कृषि सड्का बिभाग (डोलिडार) ले निर्माणका लागि ठेक्का प्रदान गरेको थियो ।

कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँबाटो –रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थिए । तिन वटा कम्पनीहरुले संयुक्त रुपमा उक्त पुल निर्माण गर्न जिम्मा पाएका हुन् ।

यहि गतिमा काम भए अबको तिन महिना मै निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोरसंगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत सहयोग पु¥याउने स्थानियको भनाई छ ।

कुल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तिनवटा लठ्ठाहरुको लम्बाई १ सय ८० मिटर हुने ब्यवस्था रहेको छ । कालीगण्डकी नदीको बीचमा झण्डै सात मिटर गोलाई भएको पिल्लर रहेको छ । पुललाई सके सम्म आकर्षक बनाउने तयारी गरि नक्सा बनाएको छ ।

पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यहि जिल्लामा जान सक्ने डिजाइन रहेको छ । नेपालमै नुमनाको रूपमा रिडिमा तीन मुखे झलुङे पुल बन्न थालेकाले गुल्मेलीहरू खुसी भएका छन् ।पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने छन् । पुलका तीन वटै मुख मोटरबाटोको नजिकै रहने छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D