अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

अप्डेट: अर्घाखाँची बस दुर्घटनामा मृत्‍यु हुनेको संख्या १९ पुग्यो ( भिडियो सहित)

प्रेमनारायण आचार्य
अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि १७ जनाले ज्यान गुमाएका छन् ।

सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । ज्यान गुमाउनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् ।

घाइतेलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । -उज्यालो अन्लाईन डट कम

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D