gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै परिचय खुल्याे, गुल्मीका २ जना (पुरा बिवरण सहित)

यो पनि पढ्नुस्: गुल्मीेबाट कुल पूजाको लागि बाग्लुङ जाँदै गरेको जिप दुर्घटना: १४ जनाको मृत्यु, ३ गम्भिर घाईते

अर्घाखाँची, मंसिर १२ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै परिचय खुलेकाे छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको थियाे ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको नामावली:
१. शिवलाल भट्टराई, वर्ष ५६ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा
२. माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा
३. शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई
४. बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा
५. सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु
६. शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ , ठुला डेभा
७. छवीलाल गैरे, वर्ष ५४ भूमिकास्थान नगरपालिका – १०
८. वसन्त भन्ने ओम बहादुर थापा, ३२ वर्ष गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने
९. सन्त बहादुर बस्नेत, वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २
१०. मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका – ७ खाचिकोट काउले
११. राज कुमार महत, वर्ष २७ (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी) गुल्मी धुर्कोट गा.पा.२ पलधारा साबिक ३बन्ज्याङ
१२. सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २
१३. सिता घिमिरे वर्ष ५० भूमिकास्थान नगरपालिका ९
१४. बिष्णुमाया गैरे वर्ष ५० भूमिकास्थान नगरपालिका ९
१५. मैघनाथ जैसी भण्डारी वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६. मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १
१७. कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८
१८. लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी
१९. हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी
दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D