अर्को महिना चौथो गुल्मी महोत्सव हुने, अबदेखी हरेक बर्ष महोत्सव आयोजना गरिने

गुल्मी, फागुन १० । गुल्मीमा चौथो गुल्मी महोत्सव हुने भएको छ । जिल्लास्थित गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा चौथो गुल्मी महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ गुल्मीले जानकारी दिएको छ । गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत्र २२ देखि चैत्र ३० गतेसम्म महोत्सव गर्ने निर्णय भएको हो ।

यसअघि दुई–दुई वर्षको अन्तरालमा महोत्सव गरिदैँ आएकोमा यसवर्ष देखि भने प्रत्येक वर्ष महोत्सव गर्ने निर्णय भएको बताईएको छ । जिल्लामा रहेका व्यवसायीहरुबाट व्यापार प्रवर्धनका लागि भन्दै महोत्सव गर्ने माग आएसँगै महोत्सव आयोजना गर्ने निर्णय भएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो ।

महोत्सवलाई थप व्यवस्थित रुपमा सञ्चालनका लागि यहि शनिबार जिल्लामा रहेका व्यवसायीहरुको भेला समेत आयोजना गरिएको उहाँले बताउनुभएको छ ।

महोत्सव सञ्चालनका लागि जिल्लास्थित लोकदोहोरी प्रतिष्ठान्,पत्रकार महासंघ लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुले पहल समेत गरेका थिए ।

संघिय संरचनामा गएसँगै सदरमुकाम तम्घास सुनसान हुँदै गएको तथा व्यपार व्यवसाय ठप्प भएपछि व्यवसयीहरु निराश बन्न थालेको यो घडिमा महोत्सवले केही हदसम्म भएपनि व्यपार व्यवसायलाई बढाउने अपेक्षा गर्न सकिन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ