अरवमा कार्यरत २९ जना नेपालीहरु ४ महिना देखि बेखर्ची

प्रेम सुनार

गुल्मी, चैत्र–२८ । गुल्मी सहित विभिन्न जिल्लाबाट सउदी अरेवियाको वैदेशिक रोजगारमा पुगेका २९ जना नेपालीहरु गत चार महिना देखि आफुहरुलाई कम्पनीले तलव नदिएर बेखर्ची भएको जनाएका छन् ।

सउदी अरवको जेद्धा भन्ने स्थानमा रहेको सदिम अल केयर कम्पनीमा ललितपुर कुपण्डोलमा रहेको एनोभेटिक ओभरसिजबाट १७ महिना अघि पुगेका ति नेपालीहरुले चार महिना अघि देखि तलव नपाएको र तिन हप्ता देखि काम समेत नपाएर अलपत्र परेको टेलिफोन मार्फत गुनासो गरेका हुन् ।

त्यस मेनपावर मार्फत एजेण्ट बलविर केसी उनिहरुलाई पठाएको बताईएको छ । पिडित नेपालीहरुले भने–‘ त्यहाँको विश्व विद्यालयमा ८ घण्टा मासिक ७ सय दिराम तलव पाउने सर्तमा काम गर्ने गरी आएका हौं, तर यहाँका आएको दुई महिना सम्म काम नपाएर खाली बस्नु प¥यो ।

आन्दोलन गरेपछि काम दिईयो, अहिले चार महिना भयो तलव नपाएको , तिन हप्ता देखि काम समेत नदिएर खाली राखेको छ । विहान बेलुकाको गुजरा चलाउन नसकेर मुस्कीलमा परेका छौं, म्यानपावरमा फोन गर्दा सुनुवाई हुँदैन । हामीले गुहार पाउन सकेनौं ।’

उनिहरुले दिएको सम्पर्क नम्वरमा कुपण्डोलको त्यस मेनपावरका कमल श्रेष्ठ संग कुरा गर्दा उनले अव छिट्टै अर्को ठाउँमा काम लगाई दिने भन्दै फोन राखे ।

यस सम्वन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको ध्यानकृष्ट गराउने क्रममा ब्यस्त मन्त्रीको स्वकिय सचिव रमेश काउछाले भने–‘ मन्त्रीज्यु अहिले व्यसत हुनुहुन्छ मैले उहाँ समक्ष यो समस्या समधानका लागि कुरा राख्ने छु, तत्काल अलपत्र ति नेपालीहरुले एग्रिमेण्ट पेपर पठाउन लगाउनुस , त्यस मेनपावरको गलत ठहरिए कार्वाही गरिने छ । ’

अलपत्र ति नेपालीहरुको नाम यस प्रकार रहेको छ ।

१–हेमबहादुर बर्घारे
२–कान्तबहादुर ठाडा
३–फनबहादुर ढेँगा
४–कर्णबहादुर बर्घारे
५–दिपक बुढाथोकी
६–अर्जुन केसी
७–लालबहादुर बुढाथोकी
८–नन्दबहादुर पुन मगर
९–गनौस शेख
१०–राजउधर भार
११–हिमबहादुर पुन मगर
१२–कुमार कामी
१३–दिलबहादुर कामी
१४ –मिनबहादुर कामी
१५–वलबिर मास्केराम
१६–गगनसिंह कामी
१७–कुमानन्द रायमाझी
१८–महतम यादव
१९–भिमबहादुर वाईवा
२०–विरोध थापा
२१–वावुसाहव मण्डल
२२–कौशल किश्पर यादव
२३–प्रदेश चौहान लोहनिया
२४–कमैया गिरी
२५–रमेश कुमई खाँ
२६ लक्ष्मण थारु
२७ नैनबहादुर सुनुवार
२८रुपबहादुर मगर
२९ जितेन्द्र थापा

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D