अमलेखगंजमा बस दुर्घटना हुँदा २२ घाइते, ५ को अवस्था गम्भिर

बारा, असार २० । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बारा जिल्लाको अमलेखगंज स्थित २ र ३ नम्बर पुल विचको सडक खण्डमा शुक्रबार यात्रु वाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । साथैै दुर्घटनामा ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

हेटौडाबाट बीरगंजतर्फ आउदै गरेको ना ५ ख ३८९५ नम्बरको मिनिबस जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंज स्थित सडक खण्डबाट झण्डै ५० मिटर तल खसेर सो दुर्घटनामा भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख योगबहादुर पालले बताउनुभयो ।

घटना लगतै घाइतेहरुलाई उद्धारगरि बीरगंजस्थित नारायणी अस्पताल, हेटौडाको चुरेहिल अस्पताल तथा सिमराको अस्पतालमा उपचारका लागि पठाईएको ट्राफिक प्रमुख पालले बताउनुभयो । तिव्र गतिमा रहेको बस अनियन्त्रित हँुदा सो दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । शिवशंङ्कर मिश्र/गोरखापत्र

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D