gulminews logo
आईतवार, २०८१ बैशाख १६

अप्डेट: गुल्मीमा मोटरसाइकल ठक्करबाट घाइते १ को मृत्यु

अनिल खत्री
गुल्मी, २२ कात्तिक । गुल्मीमा मोटरसाइकल ठक्करबाट घाइते २ जना मध्ये एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर– ८ किसानटारीमा मोटरसाईकलको ठक्करबाट ८१ वर्षकी जमुना खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

मोटरसाइलकालको ठक्करबाट मालिका गाउँपालिका वडानम्बर–८ की ७२ वर्षकी लीला खनाल घाइते भएकी छन् । सोमबार बेलुकी तम्घासबाट सिमलटारी तर्फ जादै गरेको लु ५५ प ९७५७ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका २ जनालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते जमुनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पाण्डेले बताउनु भयो । अर्की घाइते लीलाको टाउको र खुट्टामा चोट लागेको र अबस्था मध्यम रहेको छ ।

उनको थप उपचारको लागि पाल्पा मिसन अस्पताल रीफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक गुल्मी मालिका गाउँपालिका वडानम्बर–८ दगास बस्ने २७ वर्षको ललित पौडेल फरार रहेको प्रहरीले जनाएको छ ।

उद्धारमा प्रहरी सहायक निरिक्षक मिनबहादुर सेनको कमाण्डमा ट्राफिक सहित ४ जनाको टोली खटीएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालक फरार भएकाले खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D