gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

अन्तराष्ट्रिय धावक श्रेष्ठलाई गृह जिल्लामा सम्मान

हुमाकान्त पोखरेल
गुल्मी, २३ चैत । अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृह जिल्ला गुल्मीमा सम्मानित भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका –३ हाडहाडे निवासी श्रेष्ठलाई सोमबार जिल्ला खेलकुद विकास समिति र धुर्कोट गाउँपालिको सम्मान गरेको हो । गाउँपालिकामा अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी लगायतकाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पालिकाबाटै अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनु आफुहरुको लागि गौरवको बिषय रहेको बताए । जिल्ला खेलकुद विकास समितिमा खेलकुद विकास प्रदेश समितिका सदस्य भरत थापाले सम्मान गरेका थिए ।

श्रेष्ठले सन् २०१८, २०१९ र २०२० मा लगातार तीन पटक एयुएमको उपाधि जितेका थिए । उनले दूवई र स्पेनमा भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जित्नुभएको छ । ३० बर्षीय श्रेष्ठ हाल कुवेत स्थित अमेरिकी युनिर्भसिटीमा म्याराथन प्रशिक्षक समेत छन् । अर्घाखाँचीको खनदह स्थित तत्कालिन आदर्श उच्च मविबाट उच्च शिक्षा पूरा गरेका श्रेष्ठ राष्ट्रपति रनिङ शिल्ड हुँदै जिल्ला, क्षेत्र र राष्ट्रिय प्रतियोगितामा समेत सफल भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D