gulminews logo
मंगलवार, २०८० चैत्र ६

अनेरास्ववियू (क्रान्तिकारी) रुरुक्षेत्रद्धारा स्वास्थ्य सामग्री वितरण

हुमाकान्त पोखरेल
गुल्मी, ३० भदौ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुरुक्षेत्र गाउँकमिटीले स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार गाउँपालिकाभित्रका पाँच विद्यालयमा माक्स, सेनिटाइजर, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको अनेरास्ववियू (क्रान्तिकारी) रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष विशाल थापाले जानकारी दिए ।

रानीवासमा रहेको जनबोध नमुना मावि, बलेटक्सारमा रहेको ज्ञवा मावि, रिमुवामा रहेको जनज्योती मावि, थानापतिमा रहेको राष्ट्रिय मावि र रिडीमा रहेको रिडी माविलाई स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । अनेरास्ववियू (क्रान्तिकारी) गुल्मीका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र रुरुक्षेत्रका इन्चार्ज यदु ज्ञवालीको पहलमा आएका स्वास्थ्य सामग्री विद्यार्थी संगठनले वितरण गरेको हो ।

प्रत्येक विद्यालयमा चार-चार सय थान माक्स, पाँच-पाँच लिटर सेनिटाइजर, एक-एक सेट अक्सिमिटर र थर्मोमिटर प्रदान गरिएको संगठनका जिल्ला सचिवालय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर १ का संयोजक किसन पाण्डेले जानकारी दिए । संगठनले भदौ २६ मा थापाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D