जिल्ला समाचार

१० बर्ष बिदेश बसेका थापा फेल भएका मृगौला लिएर फर्के: उपचारमा खर्च अभाव, ६ जना छोराछोरीको पढाई अनिश्चित

गुल्मी, पौष २१ । गुल्मी इस्मा गाउँपालिका २ का बाबुराम थापा यतिबेला जीवन र मरणको दोसाँधमा हुनुन्छ । दुवै मृगौलाले काम गर्न छोडेपछि थापा जीवन र मरणको दोसाँधमा पर्नुभएको हो । घरको मुली मान्छे नै थला परेपछि परिवार विचल्लीमा परेका छन्। घरको आर्थिक अवस्था दयनीय छ । आर्थिक स्रोत आउने अरु ठाउँ छैन । थापा विगत २ महिनादेखी काठमाडौँको बनस्थली स्थित किड्नी सेण्टरमा उपचाररत हुनुन्छ। उपचारका लागि अहिलेसम्म रु ९ लाख रुपैँया भन्दा धेरै खर्च भइसक्यो । त्यो पनि सहयोग संकलन र ऋण मार्फत । अब ऋण माग्ने ठाउँ पनि छैन ।

परिवारमा आम्दानीको अरु बाटो छैन । परिवारका ८ जना सदस्यको जिम्मेवारी थापा माथि छ । तर कमाउने मान्छे नै मृगौला पीडित बन्नु परेपछि सहयोगको याचना गर्नुभएको छ । ‘अहिलेसम्म ९ लाख भन्दा बढी खर्च भईसक्यो । अझ ३० लाख लाग्छ भनेका छन् ।’ थापाले भन्नुभयो ‘यति धेरै पैसा कहाँबाट ल्याउने । मलाई सहयोग गरीदिनुस्।’ परिवारमा ६ जना छोराछोरी छन् । सबैले पढ्छन् । बुबाको दुवै मृगौलाले काम गर्न छोडेपछि पढाई बिचमै छोड्नु पर्ने बाध्यता छ । उनीहरुले समेत आफुहरुको साहारा अरु नभएकाले बुबाको ज्यान बचाईदिन आग्रह गरेका छन् ।

४२ वर्षिय मृगौला पीडित थापा वैदेशिक रोजगारमा हुनुन्थ्यो । परिवारको एक छाक टार्नकै लागि विगत १० वर्षदेखी वैदेशिक रोजगारको शिलशिलामा बहराईनमा हुनुन्थ्यो । त्यहाँ स्वास्थ्य जाँच गराउँदा बल्ड प्रेसर र थाईराईड जस्ता समस्या देखिए । त्यसपछि थापा २ महिना अघि घर फर्किनुभयो । शुरुमा उहाँलाई पिसाव पहेँलो हुने, पिसाब पोल्ने, खुट्टा सुन्नीने, जस्ता समस्या देखिए ।

थापाले काठमाडौँको बनस्थली नेश्नल किड्नी सेण्टरमा जाँच गराउँदा बल्ल थाहा भयो । उहाँको दुवै किड्नी फेल भएका रहेछन् । यो सुन्दा छागाँबाट खसेजस्तो भयो । डाक्टरले यसको उपचार गराउँदा ३० लाख भन्दा बढी रुपैँया खर्च लाग्छ भने । यति धेरै रकम कहाँबाट ल्याउने भन्ने चिन्ताले सतायो । आफ्नो सबै सम्पत्ति खर्च गरे पनि आर्थिक जोहो नपुग्ने भएपछि सहयोगको याचना गर्नुप¥यो ।

हाल उहाँलाई स्थानीय आपतकालिन सहयोग संस्था इस्मा गाउँपालिका २ छल्दीटारले सहयोग रकम संलकन् गरीरहेको छ । अहिलेसम्म २ पटक गरेर रु ७९ हजार रुपैँया सहयोग पठाएको त्यस संस्थाका अध्यक्ष राजन कुवँरले जानकारी दिनुभयो । जीवन र मरणको दोसाँधमा रहेका थापालाई सहयोग गरीदिन कुवँरले आग्रह गर्नुभयो । उहाँले सहयोगका लागि राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको आपतकालिन सहयोग संस्था इस्माको खातामा रकम संकलन् गर्न सकिने बताउनुभयो । साथै उहाँले ९८६७२२२१४० मा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D