जिल्ला समाचार

हिँउदे वर्षातले गुल्मीका कृषकलाई राहत, चिसो पनि ह्वात्तै बढ्यो

सुनिता कंडेल
गुल्मी, माघ ९ । गएरातिबाट परेको हिँउदे वर्षातले कृषकलाई राहत मिलेको छ । गुल्मी लगायत छिमेकी जिल्लाहरुमा मंगलवार रातिबाट परेको पानीका कारण कृषहरुलाई राहत मिलेको हो ।

लामो समयदेखि पानी नपर्दा कृषकहरुलाई समस्या परेको थियो । पानी परेसँगै कृषकहरुले लगाएका मौसमी तथा बेमौसमी तरकारी बाली , फलफुल र अन्य बालीलाई राहत मिलेको छ ।

हिँउदे वर्षातले गुल्मी लगायत छिमेकी जिल्लाहरुमा चिसो ह्वात्तै वढेको छ । चिसो वढेसँगै गुल्मीका उच्च स्थानहरु रेसुङ्गा, अर्जुन, मदाने लगायतका आधा दर्जन उच्च स्थानमा सामान्य हिँउ पर्ने सम्भावना रहेको देखिन्छ । चिसो बढेसँगै बजार तथा अन्य स्थानमा चहलपहल घटेको छ ।

वर्षात पछि बाझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका थिए । पानी परेसँगै खाली रहेका खेतवारीमा तरकारी तथा अन्य वाली लगाउन राहत मिल्ने स्थानिय कृर्षकले बताएका छन् ।

लामो समयसम्म पानी नपर्दा कृषकहरुले लगायको बेमौसमी तथा मौसमी वालीहरु पनि सुक्दै जाने गर्नाले कृषकहरु चिन्तित थिए । यसवर्ष हिँउदे वर्षा लामो समयसम्म परेको थिएन् । वर्षात नहुँदा पानीका मुहानहरु समेत सुक्ने तथा घट्दै जान थालेका थिए । लामो समयको खडेरी तथा वर्षात नुहँदा यस वर्ष छिट्टै नै जिल्लाका धेरै स्थानहरुमा खानेपानीको समस्या सुरु हुन थालिसकेको थियो ।

लामो समय सम्म पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो । पानी परेसँगै धुलो उड्ने समस्या केहि दिनको लागि भएपनि कम हुने स्थानियको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D