रमेश विश्वकर्मा
गुल्मी, बैशाख ९ । नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रशाद श्रेष्ठले सिद्धान्त र आदर्शको राजनीतिलाई व्यवहारमा उतार्न गाह्रो हुने बताएका छन् । नेपाली काँग्रेस गुल्मीका पूर्वसभापति एवं पुर्वसांसद रूद्रमणी शर्मा भण्डारीको स्वर्गारोहणको १२ औं दिनको पुण्यतिथिमा शोक सभामा श्रेष्ठले सो कुरा बताएका हुन् ।
नेपाली काँग्रेस नेपाली काँग्रेस गुल्मीको आयोजनामा स्वर्गिय भण्डारीको निवास धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुमा सम्पन्न शोकसभाको सभापतित्व नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको रहेको थियो भने उक्त सभामा प्रमुख अतिथि स्याङ्जाका पूर्व माननिय शंकर प्रसाद पाण्डेय रहनुभएको थियो । त्यस्तै विशेष अतिथिमा नेपाली काँग्रेस गुल्मीका पूर्व पार्टी सभापति शुरेस चन्द्र भुसाल, त्रैलोक्यप्रताप सेन, पार्टी सचिव विष्णुकुमारी सापकोटा, नेपाली काँग्रेस गुल्मीका पूर्व पार्टी सचिव शशि पन्थी, हरिनारायण सापकोटा, जिल्ला सदस्य महेन्द्र प्रसाद भण्डारी, महासमिति सदस्य प्रेमनारायण भण्डारी रहनुभएको थियो ।

शोक मन्तब्य राख्दै प्रमुख अतिथि पाण्डेयले पूर्व माननिय सांसद रुद्रमणि शर्मा भण्डारीको निधनले गुल्मी जिल्लाको मात्र नभएर सिङ्गो राष्ट्रलाई ठुलो क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो–आदर्श जिवन शैली र सरल व्यवहारका भण्डारीलाई गुमाउदा सिंगो लोक अभिभावकविहीन बनेको छ ।
“सिद्धान्त र आदर्शको राजनीति गर्न सजिलो छ तर यसलाई व्यवहारमा उर्तान गाह्रो छ, यसलाई व्यवहारमा लागु गर्ने निष्ठाको राजनीति गर्ने स्वर्गीय भण्डारी हुन्”, पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले भने, “पदमा हुँदा नमात्तिने तर पद प्राप्ती नहुँदा नआत्तिने त्यागको राजनीति गरेको सधैभरी एउटै स्वभाव भएका जनताको सुख दुःखमा साथ दिने नेता गुमाउँदा सिङ्गो पार्टी र जिल्लालाई ठुलो क्षति भएको छ ।”
शोक सभा कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पदाधिकारीहरु, जिल्ला सदस्यहरु, पार्टीका विभिन्न भातृसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको सो कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले गर्नुभएको थियो ।