जिल्ला समाचार

विश्व वातावरण दिवस कुुर्घाको स्वाँरा होमस्टेमा मनाइयो, होमस्टेलाई सोलार र डस्विन वितरण

टोपलाल अर्याल
गुल्मी, २३ जेठ। ४६ औ विश्व वातावरण दिवसको अवसरमा होमस्टे प्रर्वद्धन गर्न मुसिकोट नगरपालिका ६ को कुर्घामा सोलार वितरण गरिएको छ । मुसिकोट नगरपालिका र डिभिजन वन कार्यालय गुल्मीको आर्थिक सहयोगमा सोलार वितरण गरिएको हो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण बिष्ट तथा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सोलार बालेर उद्घाटन गरे ।

डिभिजन वन कार्यालयका प्रमुख बोधराज सुवेदीले होमस्टेको संरक्षण र प्र्रर्वद्धनका लागि सोलार सेट प्रदान गरिएको बताए । सुवेदीले सोलारको सहि सदुपयेगको अपेक्षा सहित स्थानीयको आर्थिक समृद्धिसंग जोडिने मौषम र माटो सुहाउँदो अन्य विरुवा र सहयोग गर्दै जाने बताए । कुर्घाका ३१ घर परिवारले सोलार पाएपछि खुसी भएका छन् । मुसिकोट नगरपालिकाले १० घर र डिभिजन बन कार्यालयले २१ घरमा सोलार सेट प्रदान गरेका छन् । होमस्टे संचालन समिति सचिव जित बहादुर गुरुङ्गले बक्ति गएको बेला टुकी खोज्नुपर्ने अवस्था हराएको बताए । पटक–पटक लाइन जाँदा स्थानीयसंगै होमस्टे आउने पर्यटकलाई समेत समस्या हुने गरेको बताउँदै गुरुङ्गले त्यो समस्या समाधान भएकोमा खुसी प्रकट गरे ।

त्यस्तै कुर्घाको स्वाँरामा होमस्टे संचालन गरेका महिला समुहलाई ६ थान फोहोर संकलन गर्ने डस्विन पनि प्रदान गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन ढुगंनाले बताए । वातावरण दिवसकै अवसरमा स्वाँरा सामुदायिक भवन परिसरमा धुपी र तेजपत्ता (सुनकौली) का बिरुवा रोपिएको छ । जिल्ला समन्व्य समिति प्रमुख पराजुली र मुसिकोट नगरपालिकाका मेयर सापकोटाले बिरुवा रोपेका थिए ।
मेयर सोमनाथ सापकोटाले वन र वातारण जोगिए मात्रै मावन अस्थित्व संभव भएकाले एक दिन विरुवा रोपेर मात्रै नपुग्ने बताए । ‘हरेक व्यतिm र समुदायबाटै सामुहिक प्रयत्न गरे वातावरण संरक्षण गर्न सकिन्छ,’सापकोटाले भने,‘नगरपालिका सधै सवैको साथमा छ ।’ उनले स्वाँराका गुरुङ्ग समुदायले माग गरेको सडक, सोलार, बाख्रा पालन लगायतका सवै मागहरु अहिलेसम्म पुरा भएकाले अझै पनि बाँकी केहि भए आफु सकरात्मक रहेको बताए ।

जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीले अहिले विकासको नाममा विनास भइरहेकाले सवै पक्ष समयमै गम्भिर बन्नुपर्नेमा जोड दिए । उनले विकास पनि त्यतिकै आवश्यक पर्ने भएकाले सवै पक्षको महत्वलाई ख्याल गरेर अगाडी बढ्नुपर्ने औल्याए । साथै भाषा, कला, संस्कृति र प्राकृतिक सौन्दर्यले अत्यन्तै सुन्दर स्वाँराको भविष्य राम्रो भएकाले त्यसको विकास र संरक्षणको लागि स्थानीय तह, प्रदेश र केन्द्रसंग आफुहरुले निरन्तर संवाद र छलफल गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker