घटना-दुर्घटनाछिमेकका समाचार

वडाअध्यक्षको मोटरसाइकमा अज्ञात समुहबाट आगजनी

अनिल खत्री
१७ भदौ, गुल्मी । अर्घाखाँचीमा वडाअध्यक्षको मोटरसाइकलमा अज्ञात समुहबाट आगजनी भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्षको मोटरसाइकल लु १ ब १६८८ नम्बरको अज्ञात समुहबाट आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश बिष्टले बताए ।

वडाअध्यक्षले आफनो घर नजिकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा गएराति अज्ञात समुहले आगजनी गरेको बिष्टले बताए । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ ।

मोटरसाइकलमा आगजनी भएपछि मंगलवार बिहान वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) बिष्टले बताए । छत्रदेव गाउँपालिका वडा नम्बर ७ गुल्मीसँग जोडिएको वडा पर्दछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D