मुख्य हेडलाईनस्वास्थ्य

लुम्बिनी प्रदेशका लागि ३९ हजार खोप, गुल्मीलाई झन्डै ४ हजार २ सय डोज

बुटवल, १३ माघ । स्वास्थ्य मन्त्रालयले पठाएको कोरोना विरुद्धको खोप लुम्बिनी प्रदेश पुगेको छ । सोमबार नै ३९ हजार ४ सय ९५ जनाको लागि खोप लुम्बिनी प्रदेश बुटवल आइपुगेको र जिल्ला जिल्लामा पठाउने तयारी गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेशकुमार चापागाइँले जानकारी दिए। जिल्लामा पठाउनुअघि खोप बुटवल नेपालगञ्जस्थित आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ। ‘कुन जिल्लालाई कति दिने भनेर त्यही अनुसार प्याकिङ गर्ने र सामाग्री तयार गर्ने काम गर्दैछौं’, उनले भने ।

संघीय सरकारबाट जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, खोप अधिकृत तथा खोप सुपरभाइजरहरुसँग जुममार्फत छलफल गर्ने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

उनका अनुसार प्रदेशका जिल्लाहरुमा यही माघ १४ देख १८ गते खोप कार्यक्रम सुरु हुनेछ । भारत सरकारले उपलब्ध गराएको १० लाख मध्ये ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज लुम्बिनी प्रदेशमा आएको हो । त्यसमध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ भने गुल्मीको लागि ४ हजार १ सय ८० डोज पठाईने भएको छ । बाँकेको लागि १७ हजार ९० डोज, दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ ।

त्यसैगरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुम पूर्वमा २ हजार ४०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D