जिल्ला समाचारमुख्य हेडलाईन

रेसुङ्गा विमानस्थलमा यही वैशाखभित्र परीक्षण उडान, पुरा होला त गाउँबाटै जहाजमा उड्ने गुल्मेलीको सपना?

काठमाडौँ । १२ बर्ष पहिले निर्माण सुरु भएको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखभित्र परीक्षण उडान हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका स्थित सिमिचौरमा रहेको विमानस्थल १२ वर्षअघि सर्वेक्षण पूरा भएर निर्माण थालिएपनि प्रर्याप्त बजेट नहुँदा लामो समय लागेको थियो।

कूल ७६ रोपनी ६ आना जग्गामा रहेको सो विमानस्थलमा पर्खाल सम्याएर फिल्ड तयारी भइरहेको छ।६ हजार ५ सय घनमिटर ग्राभेलको जिम्मा लिएका सुनिल–समिर निर्माण सेवा प्रालिले हालसम्म ४ हजार ५सय घनमिटरको काम पूरा गरेको छ ।

अब बाँकी २५ सय घन मिटर पर्खाल लगाउन केही समस्या लाग्ने भएकोले परीक्षण उडान वैशाखमा पुर्याइएको हो।निर्माण कम्पनीका अध्यक्ष नारायण पोखरेलले विमानस्थलका लागि आवश्यक ३० मिटर रनवे अपुग हुने देखिएकाले थप जग्गा आवश्यक रहेको बताए।

विमानस्थलका लागि गठित उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्तले अधिग्रहणको कार्य लगभग पूरा भएकाले यसै वर्षको अन्त्य सम्ममा कच्ची धावनमार्ग तयार हुने वताए । उनले बजेट अभावमा समयमा काम हुन नसकेको बताउँदै अहिलेसम्म ४६ घरपरिबारलाई मुआब्जा बितरण गरिएको बताए ।विमानस्थल निमार्णमा अहिले सम्म १२ करोड खर्च भइसकेको छ।

०६४ सालमा सुरु भएको यो बिमानस्थल सम्पन्न हुँदा सम्म २५ करोड लाग्ने अध्यक्ष पन्तले बताए।यो विमानस्थल जिल्ला सदरमुकाम तम्घासबाट सात किलोमिटरको दूरीमा पर्छ । रेसुङा विमानस्थल छिट्टै सञ्चालन होस् भन्ने चाहना आम गुल्मेलीमा रहेको छ ।

प्राधिकरणका अनुसार अहिले देशभर विभिन्न ७ स्थानमा आन्तरिक विमानस्थल निर्माणाधीन अवस्थामा छन् । त्यसमध्ये गुल्मीको सिमीचौरमा बन्दै गरेको विमानस्थलमा यसै आवभित्र परीक्षण उडान गर्ने योजना रहेको महानिर्देशक गौतमले जानकारी दिए ।

प्राधिकरणले आन्तरिक विमानस्थलहरूको क्षमता अभिवृद्धि तथा स्तरोन्नति गर्न विभिन्न स्थानमा जग्गा अधिग्रहणकार्य जारी राखेको महानिर्देशक गौतमले जानकारी दिए । उनका अनुसार रारा, लुक्ला, धनगढी, चन्द्रगढी, सिमिकोटलगायत विमानस्थलमा जग्गा अधिग्रहणकार्य अगाडि बढिसकेको छ ।

-एकता न्युज डटकम

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D