gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगती समिक्षा

अनिल खत्री
१७ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम ( विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समिक्षा गरिएको छ । रेसुङ्गा नगरपालिका १४ वटा वडामा सञ्चालित कार्यक्रमको नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायतको सहभागितामा समिक्षा कार्यक्रम गरिएको हो ।

यूनिसेफ नेपाल सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र रेसुङ्गा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालित रहेको छ । नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम गरिएको छ ।

नगरभित्र संस्थाले तिन महिनाको आबधीमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा केहि महिलाहरुलाई कपडा सिलाउने मेसिन समेत प्रदान गरिएको थियो ।

संस्थाले नगरभित्र कार्यक्रम अन्तरगत जोखीममा परेका बालबालिकाहरुलाई सहयोग ८४ जनालाई गरिएको थियो । अग्रपंत्तिमा रहनेहरुका लागि बालसंरक्षण सम्वन्धी अभिमुखीकरण तथा अनलाईन तालिम २८ जनालाई, समुदाय स्तरमा न्द्यख् मनोसामाजिक सहयोग तथा बालसरक्षण सम्वन्धी अभिमुखीकरण १४ जनालाई कार्यक्रम गरिएको थियो ।

सामुदायिक मनोसामाजिक कार्यकर्ता मनोविमर्शकर्ता परिचालन विवरण १५जनलाई, अनलाइन मार्फत घटना दर्ता तथा सरोकारवालासंगको अन्र्तवार्ता १ हजार ३३६ जनालाई, मनोचिकित्सक सेवा ९जनालाई दिइएको सिद्धार्थ सामाजिक विकास केन्द्रका बाल संरक्षण अधिकृत अजय चौधरीले बताए । मनोसामाजिक परामर्स सेवा तर्फ लुम्विनी प्रदेश अन्र्तगतका २ स्थानिय तहहरुमा १ मनोसामाजिक परामर्शदाता र १९ सामुदायिक मनोसामाजिक कार्यकर्ता परिचालन गरिएको थियो ।

विभिन्न कारणले मनोसामाजिक समस्यामा परेका बालबालिका महिला तथा अन्य ब्यक्तिहरुका लागि आवश्यक मनोसामाजिक परामर्स सेवा दिइएको थियो । ब्यत्तिगत तथा पारिवारिक मनोसामाजिक परामर्स सहयोग गरिएको थियो ।

मनोसामाजिक परामर्शदाता, सामुदायिक मनोसामाजिक कार्यकर्ता परियोजनाका कर्मचारी तथा स्थानिय सरोकारवालाहरुका लागि मनोसामाजिक परामर्श सहयोग तालिम दिइएको थियो । स्थानिय तहमा मनोसामाजिक परामर्श सहयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

आवश्यकता अनुसार मनोचिकित्सक सिफारिस तथा सहयोग गरिएको थियो । मनोसामाजिक सहयोग तर्फ कोभिडका कारण समुदायमा डरको अबस्था कायमै रहेको छ । घरेलु हिंसा, लैगिंक हिंसा, यौन दुव्र्यबहार,बाल विवाह जस्ता समस्या बढि रहेको, आत्महत्या तथा आत्महत्या सोचमा बृद्धि हुनु, परिवार र ब्यक्ति स्वयंलाइ मानसिक तथा मनोसामाजिक समस्या भएको महसुस हुन नसकेको चौधरीले बताए ।

स्थानिय सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको विषयलाइ प्राथमिकतामा नराख्नु, विपतको बेला समुदायमा हुन सक्ने थप संभावित जोखिम (लैगिंक हिंसा, यौन दुव्र्यबहार,लागु पर्दाथ दुव्र्यसन आदी) न्युनिकरणका लागि सरोकारवालाहरु संग निरन्तर समन्वय र सहकार्य गर्दै आएको चौधरीले बताए । समुदाय स्तरमा मनोसामाजिक सचेतनाका लागि निरन्तर रुपमा त्यहा रहेका समुह,बाल क्लबहरु , विभिन्न संघ संस्थाहरु सँग सहकार्य गरिरहेको छ ।

मनोसामाजिक सहयोग तर्फ कोभिड १९ का कारण सम‘दायमा देखीएको मनोसामाजिक परिवेशमा चुनौतीहरु देखिएको तथ्याङ्कमा उल्लेख छ । सार्वजनिक यातायात नचल्नुको कारण एक ठाउबाट अर्को ठाउमा गइ मनोसामाजिक सहयोग गर्न नसक्नु चुनौती रहेको छ ।

त्यस्तै कोभिड संक्रमित तथा अन्य जोखिममा परेका बालबालिका लागि सहयोग गर्न जादा परिवारका सदस्य बाट घर बाहिर ननिस्कन दबाब दिनु चुनौती रहेको छ । सिफारिस संयन्त्र प्रभावकारी नहुनु, गम्भिर मानसिक समस्या भएका ब्यक्तिहरुलाइ उपचारका लागि तत्काल सम्बन्धित अस्पतालमा पठाउन नसक्नु चुनौती रहेको चौधरीले बताए ।

मनोसामाजिक सहयोग तर्फ मनोबिमर्शकताबाट ब्यत्तिहरुका लागि भएको ३१ जनालाई मनोसामाजिक सहयोग भएको छ । त्यस्तै मनोबिमर्शकताबाट परिवारमा भएको ५७ जनालाई मनोसामाजिक सहयोग भएको छ ।

मनोबिमर्शकताबाट समुहमा भएकोे १ सय जनालाई मनोसामाजिक सहयोग गरिएको छ । मनोबिमर्शकताबाट भएका २५ फलोअप केसहरु रहेका छन् ।

वास कार्यक्रम अन्तरगत सेनेटरी प्याड तालिममा १० जना किशोरीहरु सहभागि रहि कामलाई निरन्तरता दिएको वास कार्यक्रम संयोजक साहित्य पोखरेलले बताए । साबुन बनाउने तालिममा १० जना किशोरीहरु सहभागि रहि कामलाई निरन्तरता दिएका छन् ।

पलम्बिङ्ग तालिममा १० जना किशोरीहरु सहभागि भएको पोखरेलले बताए । स्थानिय रुपमा रहेका वालसंरक्षणका सरोकारवाला वा सामुदायिक संरचना मार्फत पहिचान,लेखाजोखा तथा स्याहार योजना वनाउदाँ केश ब्यवस्थापन गर्दा दिगो र प्रभावकारी हुने पोखरेलले बताए ।

स्थानिय पालिका, सामुदायिक संरचना र वालवालिका संरक्षणको श्रोत पहिचान, नक्शांकन तथा दस्तावेजीकरण गर्दा समुदायमा सिफारीस गर्न सहज र सहयोग प्रणाली स्थापनामा सहयोग हुने पोखरेलको भनाई छ । किशोर किशोरीहरुलाई स्थानिय भाषा,संस्कृती, चित्र, उदाहरण तथा विषय अनुसार छलफल गर्दा वढी प्रभावकारी अपेक्षा गरिएको छ ।

जिल्ला ,पालिका अनुसार सिफारीस धेरै र सहयोग गर्ने योजना कम हुदा विश्वासको वातावरणमा कठीनाई भएको पाइएको छ । कार्यक्रम तयारको अवस्था र विद्यमान अवस्थामा उत्तारचढाप हुदाँ खर्च ब्यवस्थापनमा कठिनाई भएको पाइएको छ ।

मनोसामाजिक सहयोगका लागि पहिचान भएका सेवाग्राहीको तुलनामा सहयोगीकर्ताको संख्या न्युन हुनु भएको पाइएको छ । त्यस्तै मनोसामाजिक सम्वन्धी तालिम तथा अभिमुखीकरण गर्न श्रोत साधनको पर्यात्तता नहुनु भएको पाइएको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले कार्यक्रमको प्रभावकारीता तालिम लिनेहरुले गर्ने निरन्तरतामा भरपर्ने बताए । उनले सिकाइलाई व्यवहारमा उतार्नु नै मुख्य उपलब्धी हुने उल्लेख गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडानम्बर ३ का वडाअध्यक्ष थम्मन केसी, वडानम्बर १० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले यस कार्यक्रमको प्रभावकारीता रहेको उल्लेख गरेका थिए । उनिहरुले तालिम लिनेहरुले व्यवहारमा उतारेर व्यवसायिक बन्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमम तालिममा सहभागिहरुले आफना सिकाइका बारेमा बताएका थिए । उनिहरुले तालिमबाट आत्म निर्भर बन्न तर्फ प्रेरित गरेको बताएका थिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D