जिल्ला समाचार

रेसुङ्गा नगरपालिका १३ नं वडाको कार्यालय भवन उद्घाटन

अनिल खत्री
गुल्मी, ६ चैत । गुल्मीका धेरै स्थानीय तहका भवन निर्माण नहुँदा भाडामै कार्यालयहरु सञ्चालन गर्दै आएका छन् । तर गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर–१३ को वडा कार्यालय भवनको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरे । भवको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगरपालिका धेरै वडाकार्यालयहरुको भवन निर्माण हुने क्रममा रहेको बताए । भुसालले छोटो समयमै वडाकार्यालयको भवन निर्माण कार्यसम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद दिए । उनले निर्माण व्यवसायिकै कारण रेसुङ्गा नगरपालिकाको भवन समयमै सम्पन्न नहुँदा भाडामा बस्नुपर्ने अबस्था रहेको भुसालले बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले शुसासनका क्षेत्रमा १ नम्बर थपिएको बताए । बिकास निर्माण क्रममा नगरले अभियानै सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मरासिनीको भनाई छ । भवन निर्माण कार्य समयमै सम्पन्न गरेको भन्दै अर्जुन बिल्डर्स निर्माण व्यवसायि बिजय खनाललाई सम्मान समेत गरिएको थियो । भवन निर्माण सम्पन्न भएकोमा वडावासीमा खुसी छाएको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ का वडाअध्यक्ष खुमबहादुर खत्रीले बताए ।

वडाभित्र नगरले चरणबद्ध बिकास निर्माणका कार्यहरु गर्दै आएको रहेको वडाअध्यक्ष खत्रीले बताए । वडा कार्यालयको भवन रेसुङ्गा नगरपालिकाको रु ३४ लाखको लागतमा अर्जुन बिल्डर्स निर्माण गरेको हो । भवन निर्माण कार्य सम्पन्न भएपछि कार्यलयमा सेवा लिने सेवाग्रहीलाई सहजता समेत हुने भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D