सडक खबर

यसरी धुलाम्य बन्दै छन् गुल्मीका सडक, स्वास्थ्यमा नकारात्मक असर

अनिश शर्मा गैरे
गुल्मी, फाल्गुण २५ । सडक निर्माणको क्रममा धुलोको मात्रा अत्याधिक हुँदा गुल्मीमा प्रदूषणको दर बढेको छ । धुलो ब्यबस्थापनको लागि चासो नदिँदा गुल्मीबासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । हुन त हिउँद महिनामा धुलाम्य सडक नहुने कुरै भएन तर पनि जताततै डोजर चलाइएका कारण यस बर्ष सडकहरु अत्याधिक धुलाम्य भएका छन । बिशेष गरी रीडि–रुद्रबेणी वामीटक्सार सडक खण्ड निर्माणको क्रममा अहिले सडक निकै धुलाम्य बनेका छन ।

यो सडक मात्र होइन सदरमुकाम तम्घासदेखी सीमलटारी सम्मको सडक आयोजना, तम्घास–इन्द्रगौडा सडक आयोजनाको अवस्था पनि उस्तै छ ।
सडक वारपार बनाउन लागीएका नाली तथा भित्ताहरु उठाउने क्रियाकपाल भइरहँदा धुलोको मात्रा बढेको छ । साथै पिच नगरीएसम्म सडक अत्यन्तै धुलो हुने देखिएको छ । जसले गर्दा यात्रुहरु तथा सडक वारीपारी बसोबास गर्ने जनताहरुको जनजीवनमा नकारात्मक असर परीरहेको छ ।

gulmi road‘दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको छ’ मुसिकोट नगरपालिका ७ वामीका सिटि एक्सप्रेस मनि ट्रान्सफरका मेनेजर बिष्णु चुँदालीले भने ‘सडक पक्की गर्न भनेर निर्माण थालीएदेखी झन धुलोको मात्र ह्वात्तै बढ्यो’ ।

बिष्णु जस्तै धुलोसँग सम्बन्धित समस्या नभोग्ने मानिसहरु शायदै भेटिएलान्। वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको नियती हो। यस क्षेत्रका बासिन्दाले हिलो र धुलोबाट मुक्ति अझै सकेका छैनन् ।

धुलोकै कारण विभिन्न रोगहरु पाल्न बाध्य छन् गुल्मीबासी । धुलो छल्न मास्क, मफलर प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरु बताउँछन्। साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेका छन । ‘सवारी हाँक्दा चस्मा नलगाएसम्म हिड्न सकिदैन, आँखा भरी धुलोका कण गएर समस्या हुन्छ’ धेरै मोटरसाइकल चालकहरुको गुनासो यस्तै हुने गर्छ ।

स्वास्थ्यमा गम्भीर असर
वातावरण मन्त्रालयको तथ्यांक अनुसार धुवाँ र धूलोमा २.५ पीएमभन्दा साना कणहरु प्रत्यक्ष मानिसको फोक्सोमा पुग्ने गर्छ ।
विभिन्न अनुसन्धान अनुसार खाना नखाई मानिस तीन हप्तासम्म र पानी नपिई २–३ दिनसम्म बाँच्न सक्छ। तर, हावा बिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ।

एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट १२ देखी १८ पटक सम्म सास फेर्छ। त्यस क्रममा लगभग ६ लिटर अक्सिजन शरीरले ग्रहण गर्छ । हावा प्रदुषित बनेपछि मानिसले लिने अक्सिजनमा पनि प्रदुषण मिसिएको हुन्छ ।

प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर चिकित्सकहरुले बताउछन ।

अक्सिजन नै प्रदुषित लिएपछि मानिसहरुलाई हरेक प्रकारका रोगहरु लाग्ने वामीमा मेडिकल ब्यबसाय गरीरहेका निरज भण्डारीले बताए । मासिनलाइ सबैभन्दा बढी हावा, पानी र खाद्यान्नले रोग सिर्जना गर्ने उनले बताए ।

हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेक कण हुन्छन्। तीमध्ये केही धेरै हानिकारक हुन्छन् त केही सामान्य हानी गर्ने हुन्छन्।
सडक निर्माणमा वातावरणीय असर नपुग्ने गरी काम गर्दा धुलो कम हुने बताइन्छ । सडकमा जथाभावी फोहोर नफाल्ने र नजलाउँने हो भने पनि प्रदूषण कम हुने बिश्वास गर्न सकिन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D