घटना-दुर्घटना

म्याग्दीमा दुई सवारी दुर्घटना सेलाउन नपाउँदै फेरी अर्को दुर्घटना

ईन्द्र थापा मगर
असार १७ गते । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका ३ कलेज बाङबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको ग १ ज ५८३१ नम्बरको जीप दुर्घटना भएको छ । कलेज बाङबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको उक्त्त जिपको गलेश्वर नजिक ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

चालक सहित ७ जना यात्रुलाई समान्य चोट लागेको बताईएको छ जीप गलेश्वर बजार पारीको भीरमा अड्किएको अवस्थामा यात्रुलाई उद्धार गरिएको गलेश्वरका यूवा तेजेन्द्र बानियाँले बताए ।

ब्रेकफेल भएपछि गाडी सडकबाट खसेको थियो । यात्रुको सुरक्षाका लागि चालकले पनि प्रयास गरेको देखियो बानियाँले भने । उनका अनुसार दुर्घटनामा समान्य घाईते भएका यात्रु गन्तब्य तर्फ लागी सकेका छन ।

जीप अनियन्त्रित भएपछि खसेको अवस्थामा भाग्यले अड्किएपछि मानवीय क्षती नभएको प्रत्यक्ष दर्शीको भनाई छ । पछिल्लो तीन दिन लगातार सवारी साधन दुर्घटनामा दुई जना बेपत्ता भएका छन भने एक घाईते छन ।

तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपमा सवार दुई जना बेपत्ता छन् भने बेनी नगर पालीका ५ पुलाचौरको नयाँ गाउँमा भएको ट्याक्टर दुर्घटनामा सहचालक घाईत अवस्थामा उपचार गराइरहेका छन् । बर्षातको समयमा ग्रामिण सडकमा हिलाम्मे तथा जोखिम बढे पछि एकपछि अर्को दुर्घटना बढेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D