घटना-दुर्घटना

मोटरसाईकल दुर्घटना हुँदा काठमाडौंबाट घुम्न आएका एक जना घाईते, हेलिकप्टर मार्फत उद्धार

बाग्लुङ, मंसिर १३ । बाग्लुङको बडिगाड गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एकजना घाईते भएका छन् । बेलुकी ४ बजेको समयमा बडिगाड गाउँपालिका वडा नं २ को आकाशेपुल नजिकै भएको दुर्घटनामा एक जना घाईते भएका हुन् ।

ध १ प २६०७ नं को मोटरसाईकल दुर्घटना हुँदा काठमाण्डौ देखि घुम्नका लागि बाग्लुङ आएका ललितपुर झम्सिखेल बस्ने ३४ वर्षीय चिराक लामा घाईते हुनुभएको वडिगाड डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो ।

उनको बडिगाड हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा पठाईएको बताईएको छ । बाईक सडकबाट तल खसेको छ । बाईकमा २ जना सवार रहेपनि अर्को एकजना भने सामान्य घाईते भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D