सन्तोष महतरा
गुल्मी, ९ साउन । गुल्मी मुसिकोटका तीन बालक चार दिनदेखि हराएका छन् ।
मुसिकोट नगरपालिका ३ का गणेश विकका १३ बर्षिय छोरा कपिल विक, झविन्द्र सुनारका १४ बर्षिय छोरा विरवल सुनार र श्रीराम सुनारका छोरा १५ बर्षिय छोरा अंकित सुनार हराएको अंकल सुर्य सुनारले बताए ।
उनीहरु साउन ६ गतेबाट परिवारको सम्पर्कमा छैनन् । कपिल ज्ञानकुञ्ज इंग्लिस बोर्डिङ्ग स्कुलको कक्षा ५ र बिरवलले पृथ्वी माविको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए ।
आफन्त र संभावित ठाउँमा बालकहको खोजी भएको तर लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि वामी प्रहरीलाई खबर समेत गरिएको छ ।
एकै टोलका तीन बालक एकै दिनदेखि हराएपछि परिवार समस्यामा परेको छ ।