जिल्ला समाचार

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम गुल्मीमा प्रभाबकारी देखिएन, डेढ करोड रुपैँया स्वाहा

तिलाचन पाण्डे
गुल्मी, असार १५ । ५ नं प्रदेशको मुख्य मन्त्री ग्रामीण बिकास कार्यक्रम गुल्मीका तीन स्थानीय तहमा लागु भएको भएपनि यसको प्रभाव परिणाममुखी भएको छैन ।

आर्थिक सामाजिक सुचकका आधारमा कमजोर भएका गाउँपालिकाका समुदाय, घरपरिवार वा ब्याक्तिको जीबनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्य सहित कालिगण्डकी, मालिका र मदाने गाउँपालिकामा यो कार्यक्रम लागु भएको थियो ।

गुल्मी जिल्लाका तीन वटा गाउँपालिकामा गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगारी आयआर्जनका अबसरहरु तथा सामाजिक संरक्षणका कार्यक्रम मार्फत जीबनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्य सहित कार्यक्रम लागु भएको हो ।
उद्देश्य अनसार कार्यक्रम नभई मालिका गाउँपालिकामा आएको ५० लाख रुपैँया, मदानेमा आएको ४६ लाख ८० हजार रुपैँया र कालीगण्डकीमा प्रदेश सरकारबाट आएको ५० लाख रुपैयाँ सकिएको छ ।

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम संचालन कार्यबिधि २०७५ को परिच्छेद ३ को लक्षित समुहमा गरिबीको समस्याबाट आक्रान्त घरपरिवार, असाहय, जेष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका ब्याक्तिका घरपरिवार, दलित, पिछडीएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार, कुनै प्रकोप तथा घटनाबाट घरबारबिहीन भएका परिवारमा यो कार्यक्रम संचालन हुने स्पस्ट लेखिएको छ । तर त्यस अनुसार कार्यक्रम संचालन नभई कार्यक्रमको मर्मलाई नबुझी १ करोड ४६ लाख ८० हजार रुपैयाँ परिणाम मुखी कार्यक्रम नभई बालुवामा पानी खन्याए जस्तै भएको छ ।

कालीगण्डकी गाउँपालिकाको यो कार्यक्रम बिशेष गरी खड्गकोटमा लागु भएको गाउँपालिकाले जनाएको छ । प्रदेशबाट आएको ५० लाखमा उसले खडगकोटका लागि १४ वटा बिधुतीय आरा, खडगकोट र अर्बेनीको भएकोटमा एक घर एक करेसाबारी संचालनका लागि ४ लाख, पलम्बिङ तालिम र मोवाइल बनाउने, खडगकोटमा बगुंर र बोका बितरण, तालिम स्वास्थ्य स्यंमसेबिकालाई झोला बितरण गरि कार्यक्रम सकिएको मुख्यमन्त्री कार्यक्रमका समाजसेबी सामाजिक कार्यकर्ता एबम खडगकोटका स्थानीय रामजी ढकालले बताए ।

यसरी हेर्दा कालीगण्की गाउँपालिकाका गरिब , दलित , पछाडी परेका र असाहय एकल महिला र अपांगता भएका ब्याक्ति , जेष्ठ नागरिकको पहुँचमा कार्यक्रम नपुगेको पाइएको छ । गाउँपालिकाको वडा नं १ को गिदुवा, तुथुम, देउरालीको माथिल्लो भेग , अर्बेनीको भएकोट , बिसौना लगायत यसबाट दलित बस्तीहरुमा यो कार्यक्रम नपुगी पहुँचका आधारमा यो कार्यक्रम खडगकोटमा मात्रै लगिएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् । आगामी बर्ष नसमेटिएका भेगहरुलाई समेटेर लैजानै ढकालले दाबी गरे ।

यस्तै मालिका गाउँपालिकाले शिक्षाा स्वास्थ्य , कृषि लगायतका कार्यक्रममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । म केही दिन मात्र आएकाले मैले यही पाएको छु बास्तबिक कार्यक्रम म पनि अध्ययन नै गनुपर्दछ ।
यता मदाने गाउँपालिकाले भने बाख्रापालन , खोरनिर्माण बर्थिङ सेन्टर ब्यबस्थापन संगै मलागीरीमा साम्रगी खरिद , पुर्कोटदहमा बेबी वाार्मर खरिद , मलागीरी मै गर्भवती महिलाहरुको लागि अण्डा र र्हलिक्स बितरण, पुर माध्यमिक बिधालयमा स्वास्थ्य सचेतनाका कार्यक्रम , पशुस्वास्थ्य शिबिर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेश भण्डारीले जानकारी दिए ।

सुरुवाती बर्ष भएकाले कार्यक्रम सोचे अनुरुप भएन

मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम जिल्ला ब्यबस्थापन समितिका संयोजक एबंम जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यस बर्ष सुरुवाती कार्यक्रम भएकाले कार्यक्रम सोचेअनुसार गर्न नसकिएको बताए । पराजुलीले कतिपय पालिकाका योजनाहरु जेठ अन्तिम सम्म पनि परिमार्जन गर्नु परेको, मुर्त योजनाहरु बनाउन नसकिएको र कार्यबिधिमा पनि देखिएका अस्पस्टताका कारण समस्या आएको भन्दै आगामी बर्ष परिमार्जन गर्दै यस बर्षको सिकाइबाट देखिने गरि कार्यक्रम आउने दाबी गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D