gulminews logo
बिहीबार, २०७९ असार १६

मालिकाको पर्यटन तथा धार्मिकस्थल लेखपोखरालाई संरक्षण गर्नु सबैको दायित्व हो: सचिव कार्की

मनोज कार्की
माघ, २ गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकावडा न ५ छापहिलेको छापमा अबस्थित लेखपोखरा भएको माघेसक्रान्ती मेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका गुल्मीका सचीव वीर बहादुर कार्कीले मालिका गाउँपालिकाको लेखपोखरा पर्यटन तथा धार्मिक स्थल भएकाले यसको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।

नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपामा लिएको र यस अबशरमा लेखपोखरालाई देश बिदेशमा चिनाउन सकेमा लेखपोखरा मन्दिर र जिल्लाले नै स्वदेशी तथा बिदेशी मुद्रा आर्जन गर्ने सकिने भएकाले यसको प्रचार प्रसारमा सबैको ध्यान जानू पर्ने नेकपाका सचीव तथा कार्यक्रमका प्रमुख अतिथि कार्किले बताए ।

जिल्लामै पर्यटन तथा धार्मिक महत्व बोकेको लेखपोखरामा राजनीति नगरी लेखपोखरा मन्दिरको बिकास गर्नेमा आफू लगाएत गाउँपालिका बासि सबै एक्यवद्धता भएर लाग्नु पर्ने पनि सचीव कार्किले बताए ।

लेखपोखरा माघेसक्रान्ती मेला ब्याबस्थापन समितिको आयोजनामा पौष २९ गते देखि माघ १ गते सम्म सन्चालन गरिएको कार्यक्रममाले लेखपोखरा चिनाउन ठूलो मदत पुगेको भन्दै मन्दिर ब्याबस्थापन समितीलाई विशेष धन्यवाद समेत कार्किले दिएका थिए ।

कार्यक्रमको दोस्रो अर्थात् अन्तिम दिन लेकपोखरामा बृहत सास्कृतिक कार्यकम भएको छ । कार्यक्रममा लोकदोहोरी गायक श्रीस देबकोटा ,हरिमाया रायमाझी , लक्ष्मण खडका , अनिल खत्री , हास्य कलाकार गोबिन्द बस्नेत लगाएत स्थानीय कलाकारको बेजोड पस्तुती रहेको थियो । कार्यक्रममा दर्शकहरुले भरपुर आनन्द लिएको पाइएको छ ।

बिगतका बर्ष भन्दा यस बर्ष श्रदालु भक्तजन तथा दर्शकको निकै घुइँचो लागेको लेकपोखरा मेला मन्दिर ब्याबस्थापन समिती अध्यक्ष रेखा कुमार जिसिले जानाकारी दिए । बिदेशी तथा स्वदेशी दाजुभाइ तथा विभिन्न संघसस्थाको सहयोगमा निर्माण गरिएका मन्दिरमा श्रदालु भक्तजनको घुइँचो देख्दा निकै खुसी लागेको मेला ब्याबस्थापन समिती अध्यक्ष जिसिले बताए ।

मेलाको अबलोकन गर्नको लागि इस्मा, अर्जै, अमरपुर, घमिर, छापहिले, अर्खाबाङ , मर्भुङ लगाएतका वडाबाट दर्शकहरु उपस्तिथि रहेको थियो ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D