प्रवाससमाचार

मलेशियामा नेपाली माथीको शोषण अन्त्यका लागि मन्त्री ज्ञवालीको पहल

प्रेम सुनार
गुल्मी, जेठ–१५ । संघिय सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले मलेशियामा नेपाली कामदार माथीको शोषण अन्त्यका लागि उच्च स्तरमा पहल थालेका छन् । मन्त्री ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई सोमवार मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गरेका थिए ।

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गरेका हुन् । त्यस प्रकारका अवाञ्छित, गैरकानूनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झण्डै रु १८ हजार रकम तिर्दै आएका छन् ।

मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको सन्दर्भमा मलेसियामा जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यस समस्यालाई तत्काल सम्बोधनका लागि सम्बन्धित सरकारको नेतृत्वलाई सन्देश दिन आग्रह गरेका थिए ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिए ।

कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पु¥याउने बताएका थिए । मन्त्री ज्ञवालीका प्रेस सल्लाकारका अनुसार मन्त्री ज्ञवाली मलेशियामा नेपाली कामदार माथी हुने गरेको भौतिक आक्रमण, सुटपात र ठगी विरुद्ध पनि चिन्ती रहेका छन र यस विषयमा भने मलेशिया संग कामदारको सुरक्षाका लागि पहल थाल्ने भएका छन् । मन्त्री ज्ञवालीले अन्य मुलुकका नेपाली कामदारको अवस्था बुझ्दै उनिहरु माथीको शोषण र दमन अन्त्य गरिनु पर्नेमा जोड दिदै आएका छन् । तत्कालिन प्रेस चौतारीका पुर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले वैदेशिक रोजगारमा आपत विपद र ठगीमा परेका नेपालीहरुले उद्धारका लागि सुचित गर्न समेत आग्रह गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D