घटना-दुर्घटना

भलिवल पोलले च्यापिएर बालकको ज्यान गयो

कमल पौडेल
बडिगाड, १४ जेठ । बडिगाड गाउँपालिका वडा नं. १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको ज्यान गएको छ । सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

दगातुन्डाँडा प्राविको कक्षा २ मा अध्ययनरत पुनको सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा ज्यान गएको स्थानियले वताएका छन् ।

शवलाई मंगलवार दिउँसो पोष्टमार्टको लागी इलाका प्रहरी कार्यालय हरिचौर पठाइएको छ । सो समयमा खेलीरहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङले जनाएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D