जिल्ला समाचार

भगवती युवा क्लबद्वारा हाडहाडेमा अक्षयकोषको स्थापना, उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिने

गुल्मी, माघ ११ । शैक्षिक प्रोत्साहन पुरस्कार अन्तर्गत श्री भगवती युवा क्लब धुर्कोट गाउँपालिका -३ हाडहाडे गुल्मीले श्री जनज्योति आधारभुत विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ । विद्यार्थीहरुलाई वार्षिक रूपमा प्रोत्साहन स्वरूप त्यसबाट प्राप्त हुने ब्याजबाट केहि रकम र प्रशंशा पत्रले सम्मान गर्ने योजना अनुरुप उक्त विद्यालयमा दश हजार रुपैँयाको अक्षय कोषको स्थापना गरिएको हो ।

विद्यालय प्रथम, विद्यालय द्वितीय, विद्यालय तृतीय, अनुशासित र सरसफाइमा ख्याल गर्ने पाँच जना विद्यार्थीहरुलाई पुरस्कृत गर्ने योजना अनुरुप बिद्यालय ब्यबस्थापन समितिसंगको सहकार्यमा स्थापना गरिएको क्लबका सदस्य प्रकाश खत्रीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष एस. के.सिले क्लबको तर्फबाट प्रदान गरिने उक्त पुरस्कार राशी र सम्मान पत्रले विद्यार्थीहरुमा पढाईप्रती प्रतिस्पर्धाको भावना जगाउँदै शैक्षिक स्तर उकास्न सहज पुर्याउने विश्वास व्यक्त लिएको बताए ।

यसरी नै हाडहाडे भित्रका सम्पुर्ण विद्यालयहरुमा अक्षयकोष संचालन गर्ने तयारी रहेको समेत अध्यक्ष के.सि.ले गुल्मीन्युज डट कमलाई जानकारी दिए । सहयोगदाताहरु भरत खत्री, प्रितम जि सि, रोशन खड्का लगायतलाई विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरुको सहयोगले नै यो कार्य सम्भव भएको क्लबका सचिव सरोज खत्रीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D