घटना-दुर्घटना

बुटवलबाट बाग्लुङ हिँडेको बस दुर्घटना, १ को मृत्‍यु १० घाईते

बिमल खड्का
बाग्लुङ । मंगलबार बिहान ढोरपाटन नगरपालिका वडा १ गरगरेमा बस दुर्घटना भएको छ । रुपन्देहीको बुटवलबाट बागलुङको बुर्तिबाङका आउदै गरेको लु १ ख ७४३९ नम्बर को रात्री बस दुर्घटना मा १० जना घाईते भएका थिए ।

एक बृद्धाको बेपत्ता भईकी थिईन प्रहरीको खोजी पछि बेपत्ता महिलाको शव दुर्घटनास्थल देखी करीब २ सय मिटर तल बडीगाड खोेलामा भेटिएको प्रहरीले जानकारी दिएकोछ । मृतक बृद्धा महिला तमानखोला गाउपालिका ३ की वर्ष ८४ की कुमारी बुढा भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चालक सहित १० जना घाइते भएका छन् । घाइते मध्य भारत रामपुर रतनपुरा बस्ने बर्ष ३३ को मुस्तेतार अलि र ढोरपाटन ८ का बर्ष १५ कि चन्द्रमला विकको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

बसमा सवार ७ जना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट–५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलि, भारत रतनपुरका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ २२ वर्षीय सुभाष विक र ९ वर्षकी आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटना के कारणले भयो भन्ने प्रहरी अनुसन्धानबाट खुल्ने बताएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D