कोरोना

बुटवलबाट बसमा आएका ७ जनालाई छत्रकोटको क्वारेन्टिनमा राखियो

गुल्मी, बैशाख ११ । छत्रकोट गाँउपालिका गुल्मीले ७ जनालाई क्वारेन्टिनमा राखेको छ । बुटवलबाट गाँउपालिका प्रबेश गरेका वडा नं. १ हुँगाका ५ जना र वडा नं. ३ हर्दिनेटाका २ जना गरी ७ जनालाई श्रृङ्गा जनता माबिमा बानाईएको को क्वारेन्टिनमा राखिएको हो ।

बैशाख ९ गते बसेको गुल्मी जिल्ला बिपत ब्यबस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट आउनेलाइ सबै स्थानीयतहले अनिवार्य क्वारेन्टिनमा राख्ने निर्णय भए अनुसार उनिहरुलाई क्वारेन्टिनमा राखिएको गाँउपालिका अध्यक्ष मधुकृण पन्तले बताउनु भयो । क्वारेन्टिनमा बसेका ७ जना आज बिहान बसमा आएका थिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D