मुख्य हेडलाईन

बिकास साझेदार देशहरु नेपालको पछिल्लो उपलब्धीबाट खुशी छन्: मन्त्री ज्ञवाली

अनिल खत्री
१४ पुस, गुल्मी । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिभिन्न मुलुककको भ्रमणमा बिकास साझेदार देशहरु नेपालको पछिल्लो समय हासिल गरेको उपलब्धीबाट खुसि रहेको बताएका छन् । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको ३६ औं वार्षिक उत्सव एबं ३४ औं क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अब नेपाल बिकासको गतिमा अघि बढ्न चाहन्छ, नेपालमा लगानी गरिदिनु भनेका छौं उनले भने, ‘खालि अनुदान मात्रै दिनु भनेका छैनौं ।’ त्यो आग्रहलाई ति देशहरुले सुनेको ज्ञवालीले बताए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले बर्तमान सरकार बनि रहदा बाह्यसम्बन्धहरुमा ठूला दरारहरु उत्पन्न भएको पनि बताएका छन् । छिमेकी देशहरुको सम्बन्धमा नेपालको राष्ट्रियता कम्जोर भएकाले बिभिन्न ढंगले बिपक्षिहरुले खेल्ने मौका पाएको समेत उनले बताए ।

अब त यस्तो भएको थियो मन्त्री ज्ञवालीले भने, ‘नेपालको संबिधान कस्तो बन्ने, संबिधानमा संशोधान हुने कि नहुने, प्रदेश कतिवटा हुने, मदेशको मात्रै प्रदेश हुने कि पहाड र मदेश मिलाएर प्रदेश हुनेविषयहरु अरु देशको राजधानिमा छलफलका एजेन्डहरु हुन्थे ।’ हामी त्यो अबस्थामा थियौ उनले भने, त्यो अबस्थालाई अत्य गरेर हामीले छिमेकी सम्बन्धलाई अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा उठाएका छौं ।’


उनले भारतसँगको समबन्ध बिगतका कतिपय अबसझदारिलाई हटाउदै बिश्वासको नयाँ जगमा खडा भएको बताए ।छिमेकी मुलुक संग नयाँ शिराबाट सम्वन्ध सुधार भएको छ ज्ञवालीले भने,‘अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उचो पार्ने गरी सम्वन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।’

चिनसँग यातायत पारवहन प्रोटोकलमा सहमति गरेका छौ ज्ञवालीले भने अब नेपालले कहिल्यै नाकाबन्दी सहन नपर्ने पनि बताए ।

भरखरै जापानले नेपाली श्रमीकहरुको लागि आफनो बजार खुल्ला गरेको र अमेरिकाले नेपालका ७७ वटा बस्तु निम्ति भन्सार रहित सिमा रहित छुट दिएको बताए । उनले अरु देशहरुसँग पनि यसैगरि छलफल भएको बताए । धेरै वर्ष देखि समस्याहरु थुपरिएका थिए उनले भने, ‘द्धन्दको कारणले अरु बिभिन्न कारणले थुप्रै समस्याहरु बिस्तारै हटाउदै छौ देश अगाडी बढदैछ ।’

नेपाललाई सन २०२२ अगाबै अति अल्प बकशिल अबस्थाबाट बिकाशिल देशको रुपमा स्थापित गछौं उनले भने, ‘सन २०३० भित्रै मध्य आयभित्र मुलुकमा लैजान्छौं ।’ अहिले हेर्दा ति आकाक्षंहरु महत्वकांक्षि लाग्न सक्छन् उनले भने, ‘अलिकति महत्वकांक्ष नराखि कुनैपनि देशले फड्को मार्न सक्दैन् ।’

अब हामीलाई फड्को मानुपर्ने जरुरी बर्तमान सरकार त्यहि हिसाबले केन्द्रित भएर लागि रहेको मन्त्री ज्ञवालीले बताए । गएको ९ महिना घोषणा भएका तर कुनै आकार नलिएका प्रदेश र स्थानिय तहहरुलाई व्यवस्थित गर्दै खुट्टामा टेकेर हिड्ने बनाउने कुरामा केन्द्रित भयौं ।

हाम्रो शिक्षा सटिफिकेट र बेरोजगार उत्पादन गर्ने होइन जिवन जिउन सक्ने खालको योग्य नागरिक तयार गर्नु रहेको बताए । त्यसको निम्ति शिक्षा नितिमा पुनरावोलकन गनु सुरु भएको बताए ।

आजको युगमा शिक्षा समाज रुपान्तरको,राष्ट्र निर्माणको व्यक्तिको पनि ब्यक्तित्व निर्माणको सर्बाधिक महत्वपूर्ण माध्यम रहेको बताए । उनले भने, ‘ति राष्ट्रहरु मात्रै सफल छन् जसले ज्ञानमा दखल हासिल गरेका छन् ।’

विकास र जनताको समृद्धिको यात्रमा कोही सत्ता पक्ष र कोहि प्रतिपक्ष हुन नहुने बताए । संसदमा भित्र हामी सत्ता प्रतिपक्ष हौला तर देश बनाउने कुरामा गरिविको बिरुद्धमा कुरामा लडने कुरामा,भष्टचारको बिरुद्धमा लडने कुरामा हामी सत्ता र प्रतिपक्ष नरहेको बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker