प्रवास

बाढीपीडितको सहयोगका लागि यूएईमा गुल्मेली तीज

यूएई, भदौ ५ । हरितालिका तीजको अवसरमा गुल्मी सेवा समाज यूएईले “तीज बिशेष २०७४” सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। २५ अगष्ट(भदौ ९ गते शुक्रबार)मा अबुधावीको अलफर्गल हलमा हुने कार्यक्रमको तयारी पुरा भएको गुल्मी सेवा समाज यूएईका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रमको आकर्षणको रूपमा बरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, लोक तथा दोहोरी गायिका शिवा आले, सीता राना, डान्सर बिना थापा साथै उदित नारायणको मयुर नाच समेत रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । कार्यक्रमबाट संकलन भएको रहम बाढीपीडितका लागि सहयोग गरिने अध्यक्ष अर्यालको भनाई छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D