बडिगाड २ मा सवारी ठोक्किए, हेलिकप्टरमा अस्पातल लैजाँदै गर्दा घाईतेको मृत्यु

बिमल खड्का
बागलुङ । मध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका- २ काँडेरुख नजिकै अाज बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् । भने १ जनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं. १ का वर्ष ३६ का खगेन्द्र विसि रहेका छन ।
उनलाई हेलिकप्टर मार्फत गण्डकी अस्पताल पाेखरा लैजादै गर्दा मृत्यु भएकाे ढाेरपाटन नगर प्रमुख देव कुमार नेपाली बताएका छन ।

धाईते २ जना मध्य सोहि स्थानका वर्ष २७ का सुरेन्द्र वोहोराकाे अहिले गण्डकी अस्पताल पाेखरामा उपचार भईरहेकाे छ भने २६ वर्षका भरत विसिकाे स्थानीय मेडिकल वामी गुल्मीमा उपचार भईरहेकाे बताएको छ ।

बिहान खर्वाङबाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्वरको पिकअप जिप र विपरित दिसावाट आउँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल आपसमा ठोकिँदा सो दुर्घटना भएको थियाे ।

पिकअप जिप चालक र गाडि खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिएका छन । बुर्तिवाङवाट बुटवलका लागि हिँडेका मोटरसाईकल सवार यात्रुवाहक वसलाई ओभरटेक गर्ने क्रममा विपरित दिसा तर्फवाट गैरहेको पिकअपसंग ठोकिएको स्थानियले वताएका छन ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ