जिल्ला समाचार

प्रविधी पछ्याउँदै गुल्मीका स्थानीय तह

टोपलाल अर्याल
गुल्मी, ४ मंसिर। गुल्मीको इश्मा गाउँपालिकाले मंगलबारबाट विद्युतीय इ–हाजिरी शुरु गरेको छ । कर्मचारीलाई समयको पालना गराउँदै सेवालाई प्रभावकारी बनाउन इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । गाउँपालिकाको कार्यालयसहित सवै वडा कार्यालय, स्वास्थ्यचौकी र सात माविमा इलेक्ट्रोनिक हाजिरी लागु गरिएको बस्नेतले बताए ।

त्यस्तै धुर्कोट गाउँपालिकाले गाउँपालिकाको कार्यालय, धुर्कोट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र, ११ मावि र एक प्राविमा इलेक्ट्रोनिक हाजिरी शुरु गरेको छ । भने मदाने गाउँपालिकाले गाउँपालिका सहित आठ माविमा इलेक्ट्रोनिक हाजिरी शुरु भएको छ । भने यो बर्ष सवै वडा कार्यालय र स्वास्थ्य संस्थामा जडान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । मालिका गाउँपालिकाले पनि गाउँपालिका कार्यालय र सवै वडा कार्यालयमा इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको प्रशासन शाखा प्रमुख युवराज खड्काले बताए ।

त्यस्तै चन्द्रकोट गाउँपालिकाको कार्यालयमा इ–हाजिर र गाउँपालिकामा आएका सेबा ग्राहिको र गाउँपालिकाको कार्यालयमा वहुमुल्य बस्तुहरुको सरक्षणको लागि सिसी क्यामरा पनि जडान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतको कक्ष, भ¥याङ्ग, सेवाग्राहीको चाप हुने स्थान र लेखा शाखामा क्यामेरा जडान गरिएको गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले बताए ।

मुसिकोट नगरपालिकाले गत बर्ष नगरपालिका कार्यालय र नौ वडा कार्यालयमा इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको थियो । भने यो बर्ष नगरपालिकाका सवै बिद्यालय र स्वास्थ्य संस्था इलेक्ट्रोनिक हाजिरी शुरु गरिने नगर प्रमुख सोमनाथ सापकोटाले बताए । इलेक्ट्रोनिक हाजिरीले कर्मचारीहरुको उपस्थिती दर नियमित हुने भएकाले सेवाग्राहीहरुलाई सहज भएको छ । ‘पहिले कर्मचारीहरुमा समयमै कार्यालय नआउने र सेवाग्राहि ढाँट्ने प्रवृति हुन्थ्यो,’सापकोटाले भने,‘अहिले निर्धारित समयमै कार्यालय आउने र जाने बाध्यता छ ।’ त्यस्तै प्रविधी मार्फत मानिसलाई अनुशासन र समयको पालना गराउँदै सेवालाई छिटो छरितो बनाउन कार्यालयमा इ–हाजिरीको व्यवस्था गरिएको इश्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।
जिल्लाको रेसुंगा नगरपालिका, गुल्मी दरवार गाउँपालिका लगायतका सवैजसो गाउँपालिकाहरुले इ–हाजिरीको व्यवस्था गरि प्रविधिको प्रयोगमा जोड दिन थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा इ–हाजिरी, सिसि क्यामेरा सहित डिजिटल सूचना बोर्ड तथा सूचना पार्टी जडान शुरु गरिएको छ । जिल्लाका धेरैजसो स्थानीय तहका आफ्नै भवन छैनन् । आभौतिक संरचनाको अभाव भएपनि नगर तथा गाउँपालिकालाई प्रविधि मैत्री बनाउन सुरु गरिएको गाउँपालिका महासंघका ५ नं प्रदेशमा अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले बताए ।

ई–हाजिरी प्रयोगमा ल्याईसके पश्च्यात कार्यालयमा उपस्थित नभएर अर्को दिन हाजिर गर्ने, समयमा कार्यालय नआउने, कार्यालय समय अगावै घर जाने कर्मचारीहरु निरुत्साहित हुने र ति कर्मचारीहरु प्रत्यक्ष रुपमा गाउँपालिकाको निगरानीमा रहने इश्मा गाउँपालिकालेका सुचना प्रविधी अधिकृत बाबुलाल थापाले बताए । ई–हाजिरी प्रणालीमा कर्मचारी बिदा सिफारिस, बिदा स्विकृति, काज सिरफारिस, काज स्विकृति, सरुवा, रमानाहरु समेत अनलाईन मार्फत गरिने थापाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D