जिल्ला समाचार

प्रथम मालिका क्विज सम्पन्न, मलिका मावि प्रथम

सन्तोष महतारा
गुल्मी, जेठ २२ । प्रथम मालिका क्विजमा मालिका माध्यमिक विद्यालय प्रथम भएकाे छ । त्यस्तै देविस्थान माध्यमिक विद्यालय द्वितिय र म्याले माध्यमिक विद्यालय तृतीय भएका छन् ।

मालिका गाउँपालिकाको आयोजना तथा टिजि मिडिया प्रा.लिद्वारा सन्चालित प्रथम मालिका क्विज सिमलटारीमा सप्पन्न भएको हाे ।

मालिका गाउँपालिकाका जम्मा ८ वटा माध्यमिक तहका विधालयको सहभागीता रहेको प्रतियोगितामा मालिका माध्यमिक बिद्यालय मुर्भुङ्ग ८ प्रथम, देविस्थान माद्यामिक विधालय घमिर द्वितिय र म्याले माध्यमिक बिद्यालय हुवाङ्दी तृतीय भएकाे कार्यक्रम संयाेजक डि.बि खड्काले बताए ।

प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः १२ हजार, ९ हजार र ६ हजार रुपैँया नगद सहित प्रमाणपत्र पाएका छन् । मालिका गाउँपालिकाले विधार्थिको बौद्धिक क्षमता वृद्धि गर्न साथै गाउँ पालिका भित्रका विधालय बिच आत्मीयता बढाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले मालिका क्विजले विधार्थीको बौद्धिक क्षमता वृद्धि गर्न साथै गाउँपालिकाले आफ्नो गाउँको विकासको लागि खेलकुद तथा लोक संगीतका कार्यक्रम समेत अघि बढाएको उल्लेख गर्नु भएको थियो ।

त्यस्तै मालिका गाउँ पालिकाका सामाजिक विकास समितीका संयोजक शोभाघर गिरिले मालिका गाउँपालिकाले गरेको यो कार्य निकै उत्कृष्ट भएको बताउनु भएको थियो ।

मालिका माध्यमिक विधालयका प्रधानध्यापक बासुदेब अर्यालको स्वागत मव्तय रहेको कार्यक्रममा मालिका माध्यमिक विद्यालयका विधार्थीले आफ्नो प्रस्तुति समेत देखाएका थिए ।

कार्यक्रम मालिका माध्यमिक विधालय व्यवस्थापन समितीका अध्यक्ष टीका बहादुर जिसिको अध्यक्षता तथा शिक्षक कृष्ण प्रसाद अर्यालको सन्चालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D