घटना-दुर्घटनाछिमेकका समाचार

पौडी खेल्दै गर्दा खोलाले बगाएपछि ७ बर्षिय बालकको मृत्यु

छविलाल पाण्डे
बुर्तिवाङ, कात्तिक १ । बडीगाड गाउपालिका भिमगिठे छिसफाँट बस्दै आएका अनोज केसीका ७ बर्षिय छोरा अनुप केसीको भिङगाड (खोला)ले बगाउदा मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे १२ बजेको समयमा घर नजिकै भिङगाड खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएपछि अचेत अवस्थामा बडीगाड ५ मा बडीगाड खोलाको किनारमा फेला परेका बालकको बडीगाड पोलिक्लिनिक मेडिकलमा उपचारको क्रममा ज्यान गएको हो ।

नदीमा नुहाउने क्रममा वगेर करिब तिन किलोमिटर तल बडीगाड ५ मा बेहोस अवस्थामा बालकलाई नदी किनाराम फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D