प्रवास

पोर्चुगलमा नेपाली युवाको मृत्यु

लिस्बन, चैत २६ । पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । स्याङ्जा नगरपालिका बाडखोला घर भई पोर्चुगलको राजधानी लिस्बोनमा बस्दै आएका विदुर रेग्मीको अप्रिल ६ मा २९ वर्षको उमेरमै मृत्यु भएको हो ।

बाटोमा हिड्दा हिड्दै लिस्बनको अल्कान्त्रामा हृदयघातका कारण लडेका रेग्मीलाई बटुवाले देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । तत्कालै एम्बुलेन्ससहित डाक्टर त्यहाँ आएपनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

उनको शव नेपाल पठाउन निकै खर्चिलो हुने भएकोले गैरआवासीय नेपाली संघ पोर्चुगल र विभिन्न संघसंस्थाको पहलमा पोर्चुगलका नेपालीबाट सहयोग रकम संकलन थालिएको बताइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D