जिल्ला समाचार

पूर्तिघाटमा प्रथम कालीगण्डकी महोत्सव हुने: भलिबलको बिजेतालाई १ लाख पुरस्कार, ३ दर्जन कलाकारको प्रस्तुती

प्रेम पुन
पुर्तिघाट, ०६ वैशाख । गुल्मीको कालीगण्डकी गाउँपालिकामा प्रथम कालीगण्डकी महोत्सव हुने भएको छ । कालीगण्डकी गाउँपालिकाको आयोजना तथा कालिगण्डकी युवा क्लव कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को सह–आयोजनामा पुर्तिघाटमा वैशाख १७ देखि २८ गतेसम्म प्रथम कालीगण्डकी महोत्सव, कृषि, पर्यटन तथा व्यापार मेला २०७६ संचालन हुन लागेको हो ।

बिहिबार पत्रकार सम्मेलन मार्फत महोत्सवको जानकारी दिँदै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले कालीगण्डकी गाउँपालिका भित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार, संस्कृतिको संरक्षण र कृषि प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जानकारी दिए ।

१२ दिनसम्म संचालन हुने महोत्सवमा एक सयभन्दा बढी स्टलहरु रहने छन् । स्टलमा दैनिक उपभोग्य सामान, फेन्सी सामान, कृषि उपज वस्तुहरु लगायत सामग्रीहरु पाइनेछन् । बालबालिकाको मनोरञ्जनको लागि बाल उद्यान, कालीगण्डकीमा र्याफ्टीङ समेत गरिने बताइएको छ ।

त्यस्तै महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलकारहरुको प्रस्तुति र स्थानीय कला संस्कृति र झाँकी प्रदर्शन हुने छन् । महोत्सवको अवसरमा स्थानीय प्रतिभाको उजागर गर्नको लागि गायन तथा नृत्य प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा १ लाख राशिको प्रथम कालीगण्डकी कप खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगितामा उप–विजेता हुनेले नगद ५० हजार प्राप्त गर्नेछ । महोत्सवले यस क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने र करिब एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D