पूजा सामान किन्न हिँडेका दान बहादुरको लडेर मृत्‍यु

हुमाकान्त पोखरेल
२७ मंसिर, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका ४ निवासी ३६ बर्षिया दान बहादुर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार देवलीको पुजासामाग्री लिन भनि घरबाट निस्केका घम साझँ अबेरसम्म पनि घरमा आएनन् ।

त्यसपछि परिवार, आफन्त र प्रहरीले खोजतलास गर्दा स्थानीय कुसुन्डे भिरमा बिहिबार फेला पारेका थिए । मगर करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । शवलाई पोष्ट माटमको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपक बस्नेतले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ