मुख्य हेडलाईन

पत्रकार महासंघ गुल्मीमा अध्यक्षको मनोमानी, चुनाव नजिकिँदै गर्दा एकलौटी ढंगले सदस्यता बाँडेको आरोप

सन्तोष महतारा
गुल्मी, फागुन ०६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा सदस्यता बिबाद छताछुल्ल भएको छ । अध्यक्ष नवराज भूषालले मनपरी रूपमा पत्रकारको सदस्यता बितरण गरेको भन्दै जिल्लाका कृयाशिल पत्रकारहरुले उनको उक्त कदमको बिरोध पनि गरेका छन् । नेपाल पत्रकार महासंघको चुनावको पुर्वसन्ध्यामा गुल्मीमा सदस्यता बितरणमा अध्यक्षको मनोमानी बिरुद्द जिल्लाका आवाज उठेको हो ।

यसै सम्बन्धमा शुक्रबार नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको आकस्मिक बैठक पनि बसेको छ । पत्रकारको सदस्यता सिफारिसमा विवाद भइरहेको भन्दै प्रेस युनियन जिल्ला शाखा गुल्मीको आकस्मिक बैठक बसेको युनियनका सचिव रमेश विश्वकर्माले जानकारी दिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ, पुर्व अध्यक्ष जनार्दन घिमिरे, पुर्व सचिव तारा भुषाल सहित गुल्मीका कृयाशिल पत्रकारहरुकाे उपस्थितिमा बसेको बैठकले मनपरी रुपमा गरिएको सदस्यता सिफारिस बिरुद्ध डटेर लड्ने र सकेसम्म सहमतिबाट अगाडि बढ्ने निर्णय भएको सचिब विश्वकर्माले बताए ।

आकस्मिक बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका पदाधिकारीसँग छलफल गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका कार्यसमिति सदस्य रेशम कुँवर, पुर्व अध्यक्ष जनार्दन घिमिरे, पुर्व सचिव तारा भुषाल र कार्यसमिति सदस्य छबि पाण्डे रहेका छन् ।

के हो बिबाद ?

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भूषालले कार्यसमितिका अन्य पदाधिकारीलाई जानकारी नगराईकन मनपरी गरी एकलौटी रूपमा सदस्यता सिफारिस गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका कार्यसमिति सदस्य रेशम कुँवरले जानकारी दिए । “हामीलाई जानकारी नगराईकन अध्यक्षले मनपरी गरी सदस्यता दिएका छन् ।” कार्यसमिति सदस्य कुँवरले भने, “कसलाई सदस्यता दिइयो र दिने भन्ने बारे अध्यक्षले हामीलाई केही जानकारी गराएनन् ।”

पत्रकार महासंघको सदस्यताका लागि गुल्मीमा गएको साउन २३ गते ३१ जनाले निवेदन दिएका थिए । सदस्यता मात्र ८ जनालाई दिइएको छ । सदस्यता पाउनेमा अधिकांश अध्यक्ष भूषालको संचार संस्थामा काम गर्ने र उनी निकट रहेको पार्टीमा समर्थन गर्नेहरु रहेको बताईएको छ । शुक्रबार सम्पन्न प्रेस युनियन गुल्मीको बैठकमा राजनितिक रुपमा आफ्नो नजिक रहेर अघिपछि गर्ने र आसेपासेहरुलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भुषालले एकलौटी रुपमा सदस्यता दिएको भन्दै उनको चर्को आलोचना भएको थियो । भूषालले भने प्राप्त निबेदनका सबै फाइल प्रदेशमा पठाएको बताउँछन् तर प्रदेशमा रहेका पदाधिकारीहरुले फाइल नआएको प्रतिक्रिया दिएका छन् । गुल्मीबाट कागजपत्र पुगेको भन्नेमा मात्र ८ जना बनाएर पठाइएको थियो । अन्यलाई कागजपत्र नपुगेको भनेर पठाइएको छ । अचम्मको कुरा त एकैठाउँमा बसेर सबै कागजपत्र एउटै बनाएर पठाउँदा एउटाको सदस्यता आएको छ भने अर्काको आएको छैन ।

सर्वसाधारण जनतालाई न्याय दिने, उनीहरुको आवाज बुलन्द पार्ने पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ गुल्मीको नेतृत्व गरेका नवराज भूषालले सहकर्मी संचारकर्मीहरु माथी नै अन्याय गरिरहेको बैठकमा उपस्थित पत्रकारहरुले बताएका थिए । राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारको जिल्ला नेतृत्व गर्ने भूषालले यसबारे बुझ्न खोज्दा अन्य पत्रकारहरुलाई नै अपशब्द बोल्दै धम्की दिएको उनिहरुले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D