जिल्ला समाचार

नेपाल बिद्यालय कर्मचारी परिषद् गुल्मीमा दोस्रो अधिवेशन सम्पन्न, कुवंरको अध्यक्षतामा नयाँ नेतृत्व

टोपलाल अर्याल
गुल्मी, ३ पुस । नेपाल बिद्यालय कर्मचारी परिषद् गुल्मीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जनसहयोग माविका लेखापाल श्यामलाल कुवंरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कुवर पहिलो अधिवेशनबाट सचिव थिए । परिषदको उपाध्यक्षमा अस्मिता खरेल र राजेन्द्र थापा, सचिवमा बालकृष्ण कंडेल, सहसचिवमा रुमा घर्ति र कोषाध्यक्षमा शारदा भलामी निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रकाश पाण्डे, श्रीराम पोखरेल, प्रकाश जिसी, मदन पौडेल, अनिल ज्ञवाली, मिना कार्की, सम्झना कुँवर, हुम बहादुर कुँवर, श्याम केसी, बाबुराम शर्मा, अनुज पन्थी र मन्जु खत्री निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बालसिंह खत्रीले जानकारी दिए । अधिवेशनबाट लेखा समिति संयोजकमा हिमालय केसी र सदस्यहरुमा कपुर घिमिरे, कोपिला थापा, प्रेम बहादुर श्रीस र सीता पोखरेल चयन गरेको खत्रीले जानकारी दिए। दोस्रो अधिवेशनको नेपाल शिक्षक महासंघ लुम्बनी प्रदेशका अध्यक्ष प्रेमनारायण भण्डारीले गरेका थिए ।

अधिवेशनलाई संबोधन गर्दै उनले बिद्यालय कर्मचारी र बालशिक्षा कार्यकर्ताको समस्या शिक्षक महासंघको प्राथमिकतामा परेकाले ऐन मार्फत कार्यान्वयनमा कुनै कसुर बाँकी नराखिने बताए । उनले सत्तामा पुराउन पनि शिक्षकको कुनै न कुनै भुमिका भएपनि दलले निर्वाचित भएपछि फरक ढङ्गले हेर्ने गरेको आरोप लगाए । भण्डारीले अहिले पर्ख र हेरको स्थिती रहेकाले सबै पेशाका घटक मुद्दालाई मजबुत बनाउन विद्यालय छोडेर बाहिर निस्क्नुपर्ने दिन आउने तर्फ संकेत गरे ।

अधिवेशनमा निर्वतमान अध्यक्ष शालिकराम पन्थीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै चार बर्षको कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए । साथै पन्थीले अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै उच्च मनोवलका साथ पेसाको स्थायित्व र दरवन्दीको लागि संघर्ष गर्न प्रतिनिधीहरुलाई आग्रह गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय उप महासचिव लोकनाथ पाण्डे, नेपाल शिक्षक महासंघ गुल्मी जिल्ला अध्यक्ष हिरासिङ सराङकोटी, रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समिति संयोजक थम्मन बहादुर केसी, सोही समितिका सदस्य पदम प्रसाद अर्याल, रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवाली, नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय सदस्य प्रेम खत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका ज्ञानहरी सापकोटा, नेपाल राहत शिक्षक संघ जिल्ला सचिव कृष्ण प्रसाद मरासिनी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा केन्द्रसम्म जोडन महत्वपूर्ण भुमिका खेल्ने केन्द्रीय उप महासचिव लोकनाथ पाण्डे र केन्द्रीय सदस्य प्रेम खत्रीलाई सम्मान गरिएको थियो । गुल्मीमा ०७४ सालबाट संगठन निर्माण र बिस्तार गरिएको छ । जिल्लाका सवै पालिकामा बिद्यालय परिषद गठन गरिएको छ । जिल्लाका सवै स्थानीय तहले सरकारले बजेटमा उल्लेख गरेको न्यूनतम १५ हजार पारिश्रमीक उपलब्ध गराएका छैनन् । पारिश्रमीक कार्यान्वयनको लागि सगठन मार्फत विभिन्न दवादमुलक कार्यक्रम जिल्लाका विभिन्न स्थानीय तहमा हुँदै आएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D