gulminews logo
मंगलवार, २०८१ बैशाख ११

धमाधम हराउँदै गुल्मीमा सडकका सिसा: आँखा चिम्लेर बस्छ प्रशासन, सबै निकाय दायित्वबाट उम्किन खोजे

हुमाकान्त पोखरेल
२० पौष, गुल्मी । बढ्दो सवारी दुर्घटना कम गर्ने उदेश्यले सडक डिविजन कार्यालय पाल्पाले गुल्मीको रिडी तम्घास सडकमा सडक ऐना राख्यो । सडक ऐनाबाट दुवै तर्फका सवारीहरु विपरित दिशाबाट आएको सवारी सहजै देखिन्छ । जसको कारणले दुवै तर्फका सवारीहरुले आ–आफ्नो साइड मिलाएर ओभरट्याक गर्छन, वा सवारी रोक्छन् । जसले गर्दा दुर्घटना हुन पाउदैन । तर गुल्मीमा राखिएकासडक ऐनाहरु केहि महिना पनि टिक्न सकेनन् । केहिका सिसा मात्र छैनन् । भने केहिको सिसा राख्नको लागि गाडिएको खम्बा मात्र बाँकि छ । जुन कुनै सुकेको विरुवा हो वा सिसा राख्नको लागि बनाइएको स्ट्याण्ड हो, छुट्याउनै मुस्किल पर्छ ।

सडक सिसाको त्यो दुर्दशालाई हेर्दा जो कोहिले पनि सहजै अनुमान गर्न सक्छ, सरकारको लगानी बालुवामा पानीसरह भएको छ । सडक ऐना राख्दा दुर्घटना कम हुनेमा सबै विश्वस्त थिए । तर एकाएक सडक ऐना हराउने तथा फुट्ने भएपछि स्थानीय, यात्रु तथा सवारी चालकहरु सडक दुर्घटना बढ्नेमा चिन्तित देखिन्छन् । ‘सडकमा भएका ठूला दुर्घटना आफ्नै आँखाले प्रत्यक्ष देख्दा झसङ्ग हुन्थ्यौ ।’ स्थानीय तथा घोर्ले माध्यमिक विद्यालयकी शिक्षिका हिरादेवी खत्रीले भनिन्, ‘सडक सिसा हराएपछि जोखिम बढेको छ ।’ त्यसका साथै उनले जनताले तिरेको कर सडक सिसाको नाममा दुरुपयोग भएको समेत आरोप लगाइन् । सामान्य ढुङ्गाले हानेर नफूट्ने हराएका सिसाको बारेमा स्थानीय अनविज्ञ रहेको उनले बताइन् । ‘स्कूल लगायतका क्षेत्रमा पनि धेरै खोजिनिधि ग¥र्यौ ।’ उनले भनिन्, ‘तर हराएका सिसा कतै पाउन सकेनौ ।’ साथै आफूहरुले सिसा राखेको ठाउँवरिपरि फुटेका टुक्रा समेत नदेखिएको समेत बताइन् ।

सवारी चालक रेसुङ्गा नगरपालिका १२ का देव बहादुर टन्डनले सडक सिसा हराउनु दखद भएको बताए । सडकमा ऐना राखेपछि दुर्घटनाको जोखिम धेरै कम भएपनि सडक सिसा हराएपछि त्रास उस्तै रहेको उनको भनाई छ । ‘साँघुरा घुम्ती धेरै छन्, सवारी लिएर हिड्दा आफ्नै ज्यानको बाजि लगाउनुपर्छ, परिवारका सदस्य पनि चिन्तामा हुन्छन् ।’ उनले भने, ‘सडक सिसा हराउनु हाम्रा लागि दुर्भाग्य हो ।’ सिसा हराएको लामो समयसम्म पनि अर्को सिसा फिट नगर्नु कार्यालयको लाहापरवाहिपन भएको उनले आरोप लगाए । ‘हराउनै नहुने सार्वजनिक सम्पत्ति हराए, तर अझैसम्म अर्को सिसाको ब्यवस्था गरिएको छैन ।’ उनले भने, ‘एकपटक राखेपछि जनताको आँखामा छारो हाल्ने मात्र काम भयो ।’

सडक डिविजन पाल्पाले तम्घास–रिडी सडकमा २०७२÷७३ को आर्थिक बर्षमा १४ स्थानमा सडक ऐना राखेको थियो । केहि ऐना राखेको एक हप्ता नबित्दै हराए भने केहि महिना दिनमा हराए । अहिलेसम्म नौ वटा सिसा हराइसकेको र बाँकि पाचँ वटामात्र सग्ला रहेको स्वयम् सडक डिविजन नै बताउछ । एउटा सडक ऐनाको मूल्य तत्कालिन समयमा २८ हजार थियो । सबै स्थानका ऐनाको हिसाब गर्दा तिन लाख ९२ हजार हुन्छ ।

सडक सुरक्षमा चुनौती ः ट्राफिक प्रहरी

गुल्मीमा बढ्दो सवारी दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई समेत हम्मेहम्मे परेको थियो । तर सडकमा सडक ऐना राखेपछि भने जिल्लमा सवारी दुर्घटना पनि कम भएको ट्राफिक प्रहरी बताउछ । ‘सडक ऐनामा विपरित दिशाबाट आएको सवारी देखिने भएकोले होला दुर्घटनामा पनि कमि आएको थियो ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख नारायण खनालले भने, ‘सडक ऐना हराएसँगै सडक सुरक्षामा चुनौती थपिएको छ ।’ गुल्मीजस्ता पहाडी भेगमा सडक ऐना बढी लाभदायक हुने समेत उनले जानकारी दिए । तम्घास रिडि सडक जिल्लाकै सबैभन्दा बढी सवारी दुर्घटना हुने सडक भएकोले त्यहाँ राखिएका सिसा हराउनु दुर्भाग्य भएको उनले बताए ।

आँखा चिम्लेर बस्छ प्रशासन

पाल्पादेखि गुल्मी सदरमुकाम तम्घाससम्मको सडक ‘सडक डिविजन पाल्पा’ अन्तरगत पर्छ । केन्द्रबाट पाल्पासम्मको सडकमा डिविजनको आखाँ परेपनि गुल्मीको भेगमा सडक डिविजनको काम प्रभावकारी हुन सकेको छैन् । विगतका समयमा धेरै पटक तम्घास–रिडी सडकमा पहिरो गई बाटो अवरुद्ध हुँदा समेत सडक डिविजन पाल्पाले गर्ने काम गुल्मीको प्रशासन कार्यालय तथा रेसुङ्गा नगरपालिकाले गर्दै आएका थिए । अहिले सडकमा राखिएको ऐनाको अवस्था पनि त्यस्तै भएको छ । जिल्लामा शान्ती, सुरक्षा र अपराध नियन्त्रण गर्ने दायित्व जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको हो । सडक ऐनाको विषयमा सयौँ पटक सडकमा यात्रा गर्दा दुवै निकाय जानकार पनि छन् । तर सिसा हराएको विषयमा अहिलेसम्म प्रशासनमा कुनै औपचारिक निवेदन आएको छैन् । जसले गर्दा प्रशासनलाई पनि आँखा चिम्लेर बस्न सजिलो भएको छ । यससम्बन्धमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सिसा राख्ने सम्बन्धित निकायको काम प्रभावकारी नभएको आरोप लगाए । सडकमा राखिएका ऐना सार्वजनिक सम्पत्ति भएको भन्दै उनले त्यसको संरक्षण गर्नुपर्ने दायित्व पनि सबैको भएको प्रतिक्रिया दिए । ‘अपराधि वा दोषि पत्ता लागे कारवाहि गर्ने दायित्व प्रशासनको हो, तर अहिलेसम्म कुनै दोषि भेटिएको छैन ।’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण सबैले गर्नुपर्छ ।’ अहिलेसम्म कोहि–कसैबाट लिखित वा मोखिक उजुरी नआएको पनि उनले जानकारी दिए । त्यसका साथै जुनसुकै निकायले ऐना राखेपनि रेसुङ्गा नगरपालिका, ट्राफिक प्रहरी र प्रशासन कार्यालयले त्यसको संरक्षण गर्नुपर्ने उनले बताए ।

सबै निकाय दायित्वबाट उम्किन खोजे ः सडक डिविजन

सडक डिविजन पाल्पाका इन्जिनियर पवित्रमणी आचार्यले सडक ऐनाको संरक्षमा कोहि नलागेको प्रतिक्रिया दिए । ‘सडक दुर्घटना कम गर्ने उदेश्यले सडकमा सिसा राखेका हौँ, तर अधिकाशं ऐनाहरु हराएका छन् ।’ उनले भने, ‘संरक्षण सबैले गर्नुपर्ने हो, तर सबै दायित्वबाट उम्किन खोजे ।’ त्यसरी राखिएका ऐनाहरु एकपटक विग्रेपछि वा हराएपछि पुन मर्मत गर्न नमिल्ने उनले बताए । ‘मर्मत गर्न मिल्दैन, नँया ऐना राख्नुपर्छ ।’ उनले भने, ‘त्यसको लागि तत्काल बजेट छैन ।’ आफूहरुले उक्त सडकको अन्य ठाउँमा पनि सिसा राख्नको लागि बजेट माग गरेको तर केन्द्रबाट नआएको उनले बताए ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D