घटना-दुर्घटना

दाउरा काट्ने क्रममा भिरबाट लडेर बृद्धको मृत्यु

अनिल खत्री
गुल्मी, ३ चैत, । गुल्मीमा भिरबाट लडेर बृद्धको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

घर्ति आइतवार दिउँसो सोहि स्थानकै स्यालि भन्ने खरबारिमा दाउरा काटेर घरमा फर्किने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घर्तिको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइदै रहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D