घटना-दुर्घटना

दशैका लागि माटो खन्दा पुरिएर एकै परिवारका तिन जनाकोे मृत्यु

प्रेम सुनार
बुटवल, असोज १३ । दशैंका लागि घर लिप्ने माटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर दाङ्गमा एकै परिवारका तिन जना महिलाको ज्यान गएको छ । राप्ती गाँपालिका दोलई खोलमा भन्ने स्थानमा माटो खन्न गएका एकै घर तिन जनाको मृत्यु भएको हो ।

आज दिउँसिो माटाको ढिस्कोले पुरिएर ३५ बर्षिया मीनाकुमारी चौधरी, ३० बर्षिया श्यामकुमारी चौधरी र १२ बर्षिया रोजिना चौधरीको ज्यान गएको छ । तिनै जनाको शव पोष्मार्टमका लागि लमही अस्पतालमा ल्याईएको त्यहाँको प्रहरीले जनाएका छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D